७ बैशाख २०८१, शुक्रबार

मेरो प्लानेटले १ लाख राशीको युत्सव प्रतियोगिता गर्दै
  • न्युज मानसराेवर

बाँके बैजनाथ । नेपालगञ्जमा रहेको आर्कषक फनपार्क मेरो प्लानेटले रु १ लाख राशीको युत्सव ट्यालेन्ट फेस्टिभल आयोजना गर्ने भएको छ । चैत्र ३ गते उक्त उत्सवको आयोजना गर्न लागिएको प्रबन्ध निर्देशक ओमप्रकाश मिश्राले बताए ।

हाल शुक्रवार र शनिवार मनोरन्जनात्मक कार्यक्रम अन्र्तगत नृत्यकला, गायन जस्ता कार्यक्रम आयोजना हुँदै आएका छन् । अब आयोजना हुने युत्सवमा सहभागि हुन फाल्नुगा अन्तिमसम्म शुक्रवार अथवा शनिवार मेरो प्लानेटमा आएर कलाकारहरुले आफ्नो प्रस्तुती दिनुपर्ने छ । उत्कृष्टलाई पहिचान गरी युत्सवमामा सहभागि गराइने छ ।

प्रतियोगिताको प्रथमलाई रु १ लाख, दोस्रो र तेस्रो पुरस्कार क्रमशः ५० हजार र ३० हजार रहेको छ । मेरो प्लानेटले देशभरका कलाकारलाई सहभागि हुन अनुरोध गरेको छ ।

  • १४ फाल्गुन २०७७, शुक्रबार प्रकाशित

  • Nabintech