१२ बैशाख २०८१, बुधबार

बिष्णु खनाल प्यानल जिताउँ अभियान’मा चप्परगौडीका व्यवसायी
  • न्युज मानसराेवर

बाँके बैजनाथ  ।   कोहलपुर उद्योग बाणिज्य संघको नयाँ नेतृत्वको लागी २२ गते  हुन गईरहेको निर्वाचनमा बिष्णु प्रसाद खनाल नेतृत्वको साझा समाबेसी व्यवसायी प्यानललाई बिजयी गराउनका व्यवसायी भेटघाट अभियानलाई जारी राखिएको छ ।

खनाल नेतृत्वको समुहले कोहलपुर १२ चप्परगौडी, वडा नं. १३ का व्यवसायीसँग भेटघाट गरेको महासचिव पदका उम्मेदवार नबिन खड्काले जानकारी दिए । चप्परगौडीका व्यवसायीले खनाल प्यानलका सम्पुर्ण उम्मेदवारलाई बिजयी गराउन आफुहरु लागी पर्ने बताएको खड्काले जानकारी दिए । महासचिव पदका उम्मेदवार खड्काका अनुसार आफुहरुले अटो भिलेज निर्माण, महामारीका कारण समस्यामा परेको व्यवसायलाई दिगोपन दिन राज्य र गैरजन्य पक्षसंग समन्वयात्मक निती लिईने बताए । व्यवसायीबाट करदाता शिक्षाका लागी हेल्प डेस्क संञ्चालन गर्न सुझाव आएको जानकारी दिए ।

अध्यक्ष पदका उम्मेदवार बिष्णु प्रसाद खनालले कोहलपुर क्षेत्रको उद्योग व्यवसायलाई संरक्षण र संर्वद्धन गर्न, कोहलपुरलाई औद्योगिक करिडोरका रुपमा विकास गर्न र लघु तथा घरेलु उद्योगहरुको प्रवद्र्धन गर्न समक्ष र जुझारु नेतृत्वको आवश्यकता व्यवसायीले गरेको जानकारी दिए । उनले आफु संस्थागत सदस्य भएका नताले व्यवसायीका सबैखाले समस्या समाधान गर्न सझम हुने बताए ।

अध्यक्षका उम्मेदवार खनालले आफ्नो टिममा सस्थापन देखी उर्जावान सबैखाले व्यवसायीको सहभागिता रहेकाले आफ्नो सम्पुर्ण टिमको जित हुने खनालले बताए । व्यवसायीको नेतृत्व परिपक्व र जुझारु हुनुपर्ने बताउदै खनालले हाल प्यानलगत रुपमा चुनावमा होमिएपनि बिजयी पछि व्यवसायीक एकतालाई बिशेष ध्यान दिएर सबैको मन जित्ने बताए । उनले आफ्नो कार्यकाल कोहलपुर उद्योग बाणिज्य संघको स्वर्णीम काल हुने समेत दाबि गरे ।

यसैबिच आजै कोहलपुरका महिला उद्यमीहरुले खनाल नेतृत्वको प्यानललाई बिजयी गराउन कोहलपुर नगरपालिका ११ दशबिगाह क्षेत्रका ब्यवसायीहरुसँग भेटघाट गरेका छन । घरेलु महासंघ बाँकीकेी अध्यक्ष मधु खड्काको नेतृत्वमा रहेका महिला उद्यमीहरुले ब्यवसायीक हक, हित र एकताकालागि साझा समाबेसी व्यवसायी प्यानललाई विजयी गराउन आग्रह समेत गरेका थिए ।

बिष्णु खनाल नेतृत्वको प्यानलबाट सदस्य पदमा सदस्यहरुमा पुन्य प्रसाद तिवारी, अर्जुन सुवेदी, बेदराम घिमिरे, महेश खतिवडा, जगत रामदाम, गोपाल प्रसाद अधिकारी, ओम प्रकाश चापाचाई, गंगा भण्डारी, विकाश बुढाथोकी, ओपेन्द्र नाथ योगि, महिला सदस्यमा कमला खड्का र अम्बिका आचार्य रहेका छन् भने एशोसियट सदस्यमा पुष्पराज न्यौपानेले र बस्तुगत तर्फ टंक बस्यालले उम्मेद्वारी दर्ता गराएका छन ।

  • १८ फाल्गुन २०७७, मंगलवार प्रकाशित

  • Nabintech