१५ बैशाख २०८१, शनिबार

नेपाली कांग्रेस सरकारको नेतृत्व गर्ने कुरामा पछि हट्दैन :-नेता गुरुङ
  • न्युज मानसराेवर

बाँके बैजनाथ । नेपाली कांग्रेस सरकारको नेतृत्व गर्ने कुरामा पछि हट्दैन केन्द्रिय सदस्य कल्याण गुरुङले सरकारमा सहभागिताबारे कांग्रेसले सबै विकल्प खुल्ला गरेको उल्लेख गरेका छन् ।

नेपाल प्रेस युनियन बाँकेले शुक्रबार बिहान आयोजना गरेको पत्रकार भेटघाटमा उनले कांग्रेसले ढोका बन्द नगरेको स्पष्ट पार्नुभयो। सरकारमा सहभागी हुने÷नहुने विषयमा कांग्रेसका नेताहरुबाट फरक धारणा आइरहेका बेला गुरुङले उल्लेख गरेका हुन ।

संसदभित्रको अंक गणितमा हामी खुल्ला छौं, उपयुक्त के हुन्छ भन्ने कुरा संसदीय दल र केन्द्रिय कार्यसमितिले निर्णय गर्छ,’ उहाँले भन्नुभयो ‘अहिले हामीले विकल्प खुल्ला राखेका छौं, कसैको लागि कांग्रेसले ढोका बन्द गरेको छैन, गम्भिर रुपले नै छलफल चलाएका छौं ।’

कांग्रेसले अहिले दुई वटा कुरालाई सँग सँगै लिएर अगाडी बढेको केन्द्रिय सदस्य गुरुङले जानकारी दिनुभयो । ‘अहिले हामी चौधौ महाधिवेशनको तयारी र संबिधान जोगाउन संसदमा खेल्नुपर्ने भुमिकामा केन्द्रित छौं,’ गुरुङले भने ।

पार्टीको चौधौ महाधिवेशन आगामी भदौं ७, ८, ९ र १० गते काठमाडौंमा गर्ने तयारी भइरहेको बताउँदै उहाँले उक्त महाधिवेशनमा आफुले केन्द्रिय सभापतिमा उम्मेदवारी दिने ठोकुवा गरे ।

‘राजनीतिमा नयाँ पुस्ता आउनुपर्छ, त्यसकारण म भावी केन्द्रिय सभापति हुँ र उम्मेदवारी दिनेछु,’ गुरुङले थप्नुभयो । आफुले सभापतिका लागि तयारी गरिरहेको बताउनुभयो । नेपाली कांग्रेस कृयाशिल सदस्यता छानबिन समितीका सदस्य समेत रहनुभएका उहाँले क्रियाशिल सदस्यता पठाउन सबै जिल्लालाई सर्कुलर गरिसकेको जानकारी गराए ।

‘अहिलेसम्म ४९ जिल्लाबाट नविकरण र नयाँ क्रियाशिल सदस्यता इन्ट्रीको काम भइसकेको छ,’ उहाँले भन्नुभयो । नेपाल प्रेस युनियन बाँकेका अध्यक्ष अर्जुन ओलीको अध्यक्षतामा सम्पन्न पत्रकार भेटघाटमा नेपाली कांग्रेस बाँकेका सचिव कपिल शर्मा, जिल्ला सदस्य सुधान्सु कोइराला लगायतको उपस्थिती रहेको थियो ।

  • २१ फाल्गुन २०७७, शुक्रबार प्रकाशित

  • Nabintech