१३ बैशाख २०८१, बिहीबार

बाँकेमा आजदेखि जेष्ठ नागरिकलाई खोप लगाईंदै
  • न्युज मानसराेवर

बाँके बैजनाथ । बाँकेमा आइतवारदखि दोस्रो चरणको कोरोना विरुद्धको खोपको दिँदैछ । दोस्रो चरणमा ६५ वर्षमाथिका नागरिकलाई खोप दिन लागिएको हो । यस्तै पहिलो चरणमा छुटेका स्वास्थ्यकर्मी, जनप्रतिनिधि, कर्मचारी, सुरक्षाकर्मी, पत्रकारलाई पनि खोप लगाइने छ ।

स्वास्थ्य कार्यालय बाँकेका खोप सुपरभाइजर भेषराज शर्माका अनुसार तीन दिनसम्म चल्ने यो अभियानमा पालिकास्तरमा रहेका ८१ वटा खोप केन्द्रमार्फत २५ हजारबढीलाई खोप दिँइदै छ ।

नेपालगञ्ज उपमहानगरपालिकाका ६ हजार ३ सय ८४ जना, कोहलपुर नगरपालिकाका ३ हजार २ सय ८२ जना, जानकी गाउँपालिकाका २ हजार २ सय ५८ जना, बैजनाथ गाउँपालिकाका ३ हजार १ सय २१ जना, राप्तीसोनारी गाउँपालिकाका ३ हजार ६१ जना, नरैनापुर गाउँपालिकाका २ हजार १ सय ६८ जना, डुडुवा गाउँपालिकाका २ हजार ९८ जना र खजुरा गाउँपालिकाका ३ हजार ४ सय १७ जनागरी जिल्लाका ८ पालिकाका २५ हजार ७ सय ८९ जनालाई खोप दिने लक्ष्य स्वास्थ्य कार्यालयले लिएको छ ।

यसअघि पहिलो चरणको खोप अभियान अन्तर्गत जिल्लामा ४ हजार ९ सय ६७ जनाले खोप लगाएका थिए । त्यसमा ५ हजारलाई लगाउने लक्ष्य निर्धारण गरिएको थियो । पहिलो चरणकै दोस्रो अभियानमा जिल्लाका ४ हजार ७ सय ९५ जनालाई खोप लगाउने लक्ष्य लिइएकोमा ४ हजार ८ सय ६१ जनाले खोप लगाएका थिए । यो हिसावले हेर्दा बाँकेमा खोप लगाउनेको संख्या उत्साहजनक देखिएको छ ।

आजदेखि २५ गतेसम्म चल्ने खोप अभियानमा जिल्लाका ६५ वर्षमाथिका जेष्ठ नागरिक सहभागी हुनेछन् । त्यसका लागि २ सय ४७ जना स्वास्थ्यकर्मी परिचालन गरिएको छ भने ७ सय २९ जना स्वयसेवकलाई परिचालन गरिएको खोप सुपरभाइजर शर्माले बताए ।

  • २३ फाल्गुन २०७७, आईतवार प्रकाशित

  • Nabintech