काठमाडौं – एसिड आक्रमणमा परेकी मुस्कान खातुनलाई नेपाल सरकारले प्रशंसापत्र प्रदान गरेको छ।
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले आज १११ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा उनलाई प्रशंसापत्र प्रदान गरेको हो। उनलाई राष्ट्रपति विद्यादेवी भण्डारीले प्रशंसापत्र प्रदान गरिन्।
मुस्कानले एसिडपीडितका पक्षमा संघर्ष गरेको र समाज रुपान्तरणको अभियानमा लागेको भन्दै प्रशंसापत्र प्रदान गरिएको मन्त्रालयले जनाएको छ।
यस्तै अमेरिकी विदेश मन्त्रालयले प्रदान गर्दै आएको अन्तर्राष्ट्रिय साहसी महिला अवार्डबाट उनी आज सम्मानित हुँदैछिन्।















