७ बैशाख २०८१, शुक्रबार

कञ्चनपुरमा १४ वर्षीया बालिकामाथि सामूहिक बलात्कार
  • न्युज मानसराेवर

कञ्चनपुर । कञ्चनपुरमा १४ वर्षीया बालिकामाथि सामूहिक बलात्कार भएको छ । जिल्लाको पुनर्वास नगरपालिका– २ को मोतिबस्तीमा शुक्रबार बेलुकी साढे ७ बजे बालिकामाथि अपरिचित व्यक्तिहरुको समूहले बलात्कार गरेको प्रहरीले जनाएको छ ।

ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीका प्रहरी निरीक्षक कैलाश सिंह विष्टका अनुसार मोटरसाईकलमा आएका अपरिचित समुहले बालिकालाई अपहरण गरि बलात्कार गरिएको जनाएको छ ।

बालिकालाई घरभन्दा करिब ३ सय मिटर पर फेला पारेको र उनीहरु घटनालगत्तै फरार भएको उनले बताए । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

  • २९ फाल्गुन २०७७, शनिबार प्रकाशित

  • Nabintech