१२ बैशाख २०८१, बुधबार

पाटेबाघको आक्रमण बढेपछि बर्दिया निकुञ्जमा ‘जंगल वाक’ बन्द
  • न्युज मानसराेवर

बाँके बैजनाथ ।  बर्दिया राष्ट्रिय निकुञ्जमा ‘जंगल वाक’ बन्द गरिएको छ।

पाटेबाघले मान्छेमाथि आक्रमण गर्न थालेपछि निकुञ्जले अर्को सूचना नभएसम्मका लागि पर्यटकीय गतिविधिमध्ये जंगल वाक बन्द गरेको हो।

साथै जंगल ड्राइभमा जाने पर्यटक तथा नेचर गाइडहरूलाई सतर्कता तथा सुरक्षाका उपाय अपनाउन पनि अनुरोध गरिएको छ।

निकुञ्ज तथा आसपासका वन क्षेत्रमा केही महिनादेखि मानिसमाथि पाटेबाघको आक्रमणका घटना बढ्दै गएका छन्।

मंगलबार पनि घाँसदाउरा गएकी एक महिलालाई बाघले आक्रमण गरेर मारेको थियो।

  • ४ चैत्र २०७७, बुधबार प्रकाशित

  • Nabintech