१६ चैत्र २०८०, शुक्रबार

ओलीले गठन गरेको संसदीय दल बोर्डमा नेपाल र खनाल सदस्य
  • न्युज मानसराेवर

काठमाडौं– नेकपा केपी ओली समूहले  वरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनाललाई समेत समावेश गरेर बिहीबार संसदीय दल बोर्ड गठन गरेको छ।

समूहको बालुवाटारमा बसेको संसदीय दलको बैठकले २४ सदस्यीय बोर्ड गठन गरेको सांसद शेरबहादुर तामाङले जानकारी दिए।

बोर्डमा दलका नेता केपी शर्मा ओली अध्यक्ष छन्। अन्य सदस्यहरुमा नेताहरु माधवकुमार नेपाल, झलनाथ खनाल, सुवास नेम्वाङ, विशाल भट्टराई, सुमन प्याकुरेल, बिमला राई पौड्याल छन्।

यस्तै बाेर्डमा राधा ज्ञवाली, दामोदर भण्डारी, विन्दा पाण्डे, विद्या भट्टराई, रेखा झा, राजेन्द्र राई, शेरबहादुर तामाङ, छविलाल विश्वकर्मा रहेको तामाङले सञ्चारकर्मीलाई जानकारी दिए।

भूपेन्द्र थापा, खेम लोहनी, सरिता दाहाल र विमला विश्वकर्मा  पनि बाेर्ड सदस्य छन्।

  • ५ चैत्र २०७७, बिहीबार प्रकाशित

  • Nabintech