१४ बैशाख २०८१, शुक्रबार

कोहलपुरमा बन्दै गरेको घरभित्र शव भेटियो
  • न्युज मानसराेवर

बाँके बैजनाथ ।  कोहलपुर नगरपालिका ११ रेडक्रश रोडमा बन्दै गरेको एक घरमा युवाको शव भेटिएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार नवनिर्मित घरमा गाडीएको समर्सियल पम्प नजिकै मृत अवस्थामा युवाको शव भेटिएको
हो ।

शव नजिकै कैची भेटिएकाले समर्सियलको मिटर चोर्ने क्रममा ति युवाको करेन्ट लागेर मृत्यु भएको हुनसक्ने प्रहरीले जनाएको छ । बिधान पौडेलको नवनिर्मित घरमा रहेको समर्सियलको तार काटिएको अवस्थामा रहेकाले चोरी गर्ने नियतले नै ति युवा त्यहाँ पुगेको हुन सक्ने प्रहरीले जनाएको छ ।

मृतकको पहिचान खुल्न सकेको छैन ।

  • ९ चैत्र २०७७, सोमबार प्रकाशित

  • Nabintech