११ बैशाख २०८१, मंगलवार

आफ्नै नेतृत्वमा सरकार बनाउन कर्णाली सरकारबाट बाहिरियो एमाले
  • न्युज मानसराेवर

बाँके बैजनाथ ।  कर्णाली प्रदेश सरकारबाट नेकपा (एमाले) बाहिरिएको छ।

आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वाला, सामाजिक विकासमन्त्री दल रावल र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री नन्दसिंह बुढाले राजीनामा दिएका छन्।

मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई राजीनामा बुझाएका उनीहरुले केहीबेरमा पत्रकार सम्मेलन गर्दैछन्।

माओवादी नेतृत्वको सरकार ढालेर कर्णालीमा एमालेको नेतृत्वमा सरकार बनाउन मन्त्रीहरुले राजीनामा दिएका हुन्। मुख्यमन्त्रीका दाबेदारमा प्रकाश ज्वाला र यामलाल कँडेल छन्।

अदालतले एमाले र माओवादीलाई पूर्ववत् अवस्थामा फर्काइदिएपछि कर्णालीमा एमालेका सांसदहरुले आफ्नै पार्टीको नेतृत्वमा सरकार गठन गर्ने तयारी गरेका हुन्। एमालेको नेतृत्वमा सरकार गठन गर्ने विषयमा प्रधानमन्त्री केपी शर्मा ओली पक्ष र माधवकुमार नेपाल पक्षका सांसदहरु एकमत छन्।

४० सदस्यीय कर्णाली प्रदेशमा सभामुखसहित एमालेका २० जना सांसद छन्। धर्मराज रेग्मी एमालेमा प्रवेश गरेपछि माओवादी केन्द्रमा १३ सांसद छन्।

नेपाली कांग्रेसका ६ र राप्रपा नेपालका एक जना सांसद छन्। एक जना सांसदको समर्थनमा कर्णालीमा एमालेले सरकार गठन गर्नसक्छ।
 

  • २४ चैत्र २०७७, मंगलवार प्रकाशित

  • Nabintech