१३ बैशाख २०८१, बिहीबार

नेपालगन्ज भन्सार नाका हुँदै भारतबाट आउने नेपाली नागरिक बढ्दै
  • न्युज मानसराेवर

बाँके बैजनाथ ।  नेपालगन्ज भन्सार नाका हुँदै भारतबाट आउने नेपाली नागरिक बढ्दै गएका छन् । लामो समयसम्म कोरोनाका कारण नेपालमै बसोबास गरिरहेका नेपाली नागरिक कोरानाको कहर केही फितलो भएपछि पुन भारतमा कमाउन पुगेका नेपाली नागरिक फर्किन थालेका हुन् ।

२,३ महिना कमाएर नेपाल फर्किरहेका नेपाली नागरिक नेपालगन्ज भन्सार नाका हुँदै दैनिक रुपमा संख्या बढिरहेको स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ । भारतमा कोरोना बढि देखा पर्न थालेपछि नेपाली नागरिक भारत छोडेर नेपाल फर्किन लागेको भारतको चण्डिगढबाट नेपाल फर्किर्दै गरेका एक नेपाली नागरिकले बताए ।

फेरी  लकडाउन हुन्छ भन्ने हल्ला सुनेर नेपाल फर्किन लागेको उनले  भने   । घरको जोहो टार्न भारत नै विकल्प रहेको हुनाले बर्षेनी भारत कमाउन आम नेपालीहरु गर्छन् ।  भारतमा कोरोना भाइरस देखा पर्न थालेपछि नेपाल भारत सिमा नाकामा कडाई समेत गरिएको छ ।

नेपालगन्ज भन्सार नाका जमुनाहामा हेल्प डेस्क स्थापना गरि चेकजाँचमा कडाई गरिएको स्वास्थ्य कार्यालयका कर्मचारी बताउँछन् । विहान ७ बजेदेखि १२ बजेसम्म पहिलो सिफ्ट र १२ देखि ६ बजेसम्म दोश्रो सिफ्ट गरि भारतबाट आउने नागरिकलाई चेकजाँच गरिन्छ स्वास्थ्य कार्यालयका ल्याब टेक्निसियन चिरञ्जीबी ज्ञवालीले भने ‘। ५ जनाको दरबन्दी हो अहिले ३ जनाले सेवा प्रदान गर्दै आएको ज्ञवालीले जानकारी गराए  ।

चैत ११ गतेदेखि स्थापना गरिएको हेल्प डेस्कमा ११ गते ६३०, १२ गते ३२२, १३ गते २५६, १४ गते ३४३, १५ गते १५०, १६ गते ११४, १७ गते १२१, १८ गते २५६, १९ गते १७१, २० गते २२७, २१ गते ३७०, २२ गते २०१, २६ गते १२६४ जना आउँदा १ जनामा कोरोना पुष्टि भएको ल्याब टेक्निसियन ज्ञवालीले जानकारी गराए ।

शुक्रवार आज ५ बजेसम्म ३ सय बढि नेपाल भित्रिएको तथ्याङक रहेको छ ।  चैत ११ गते यता नेपाल  हेल्पडेस्क सम्म पु¥याउन नेपाल प्रहरी सशस्त्र प्रहरी लगायतले सहयोग प्रदान गर्दै आएका छन् ।

अत्यावश्यक सवारीसाधान आवतजावतमा रोक लगाईएको छ । भारतको रुपैडिहा बजार किनमेलका लागि जाने नागरिकलाई समेत कडाई गरिएको छ ।

  • २८ चैत्र २०७७, शनिबार प्रकाशित

  • Nabintech