१४ बैशाख २०८१, शुक्रबार

कांग्रेसले बोलायो पदाधिकारी बैठक
  • न्युज मानसराेवर

बाँके बैजनाथ ।  नेपाली कांग्रेसले पदाधिकारी बैठक बोलाएको छ। सभापति शेरवहादुर देउवाले पार्टीका पूर्व पदाधीकारी तथा प्रभावशाली नेताहरूसमेत सहभागिता रहने गरि पदाधिकारी बैठक बोलाएका हुन्।

पार्टी कार्यलय सानेपामा दिउँसो २ बजेका लागि बैठक बोलाइएको मुख्य सचिव कृष्ण पौडेलले जानकारी दिए।

सोमबार बस्ने केन्द्रीय कार्यसमिति बैठकका लागि एजेण्डा तय गर्न सभपाति देउवाले बैठक बोलाएका हुन्।

आजको बैठकमा नयाँ सरकार गठनको विषयमा छलफल हुनेछ। साथै माओवादी केन्द्र र जसपासँग सत्तासमिकरणका लागि भइरहेको छलफलको समिक्षा तथा थप रणनीति तय गर्ने जनाइएको छ।

मुख्यसचिव पौडेलका अनुसार बैठकमा १४औं महाधिवेसनलाई केन्द्रबीन्दुमा राखेर नेताहरूबीच छलफल हुनेछ।

  • २९ चैत्र २०७७, आईतवार प्रकाशित

  • Nabintech