बाँके बैजनाथ । आज साँझ प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक बस्दै छ। बैठकमा कोरोना संक्रमणको जोखिमलाई लिएर सरकारले चाल्ने कदमबारे छलफल हुने छ।
सीसीएमसीले जोखिम नियन्त्रणका लागि ११ बुँदे प्रस्ताव मन्त्रिपरिषद्मा सिफारिस गरेको छ। सीसीएमसीले काेराेना संक्रमण बढी देखिएका ठाउँका विद्यालयहरू कम्तीमा तीन हप्ता बन्द गर्नेलगायतका सिफारिस गरेको छ।
पछिल्लो समय नेपालमा कोभिडको नयाँ भेरियन्टको जोखिम बढेको छ।