१४ बैशाख २०८१, शुक्रबार

राजनितिक आडमा १० टिपर फ्रि मा छोडियो,

अध्यक्ष वलीको नेतृत्वमा राप्ती सोनारी गाउँपालिकामा तालाबन्दी गर्ने ।

  • हेमन्त चौधरी

बाँके बैजनाथ । राजनीतिक आडमा राप्ती सोनारी गाउँपालिकाले कुनै कारवाही नगरी १० वटा टिपर आज विहीबार छोडेको छ ।

प्रहरीले राप्ती सोनारी वडा न २ र ३ को क्षेत्र बग्दैला घाटबाट अवैध माल समान ओसार पसार गर्दै गरेको टिपर नियन्त्रणमा लिएर आवश्यक कारवाहीका लागी गाउँपालिकालाई जिम्मा लगाएको थियो । तर गाउँपालिकाले कुनैपनि जरिवाना नगरिकन अर्थात कानुनी कारवाही नगरिकन खुल्लेयाम टिपर छोडेको छ । यो बिषयमा गाउँपालिका संग आधिकारीक जवाफ लिन खोज्दा गाउँपालिका अध्यक्ष लाहुराम थारु आधिकारिक जवाफ दिन सकेनन ।

उनी घुम घामको लागी मुगु जिल्लामा रहेछन् । अध्यक्षका स्वकीय सचिव सन्तोष चौधरीले कागज पत्र खाशै ठिक नभएपनि बग्दैला घाट बाट उठाएकाले कानुनी कारवाही नगरिएको र अवको दिन प्रहरीले भेटाएमा कारवाही गर्ने गरि छोडिएको गैरजिम्मेवारी पुर्ण जवाफ दिएका
छन् । गाउँपालिकाले टिपर राखिएको चौकीलाई पत्राचार गरेर एक पटकलाई छोडिएको र अर्को पटक आवश्यक कारवाही गर्ने गरि छोड्न भनेको छ ।

यस अघि गाउँपालिकाले अवैध उत्खनन, ओसार पसारमा संलग्न, ट्याक्टरलाई २५ हजार, टिपरलाई ५० हजार र स्काभेटरलाई १ लाख रुपैयाँ सम्म जरिवाना लिएर छोड्ने गरेको थियो । गाउँपालिकाले आफु खुशि निशान विल्र्डसलाई ४० लाख रुपैयाँको राजश्व काट्न लगाएर बग्दैला घाट जिम्मा लगाएको थियो ।

उत्खनन गर्नुपर्ने ग्रावेल १ महिनामै पुरा गरिसकेको ठेकेदारले ३ महिना सम्म अवैधरुपमा उत्खनन गरिरहेकोले स्थानीय बासिन्दा वडा अध्यक्ष, विभिन्न राजनीतिक दलका युवाहरु पटक पटक विरोध गर्दै आएका छन् ।

यस बिषयमा राप्ती सोनारी गाउँपालिका वडा न। २ का वडा अध्यक्ष मदन वलीको संयोजकत्वमा आइतबार देखि गाउँपालिकामा कडा आन्दोलन गर्ने तयारी गरिएको छ ।

संचारकर्मी संगको कुराकानी गर्दै वडा अध्यक्ष वलीले पटक पटक भ्रष्टाचार, अवैध उत्खननको बिषयमा आवाज उठाउँदा पनि सुनुवाइ नभएकोले अन्तिम विकल्पको रुपमा बल प्रयोग गर्ने निर्णयमा पुगेको जनाए । उनलाई साथ दिन स्थानीय बासिन्दा, युवा संघका कार्यकर्ता सामुदायिक बन उपभोक्ता, लगायत संयौको संख्यामा उपस्थित हुँदैछन् ।

युवा संघ राप्ती सोनारी गाउँपालिका अध्यक्ष समिर विष्टले आइतबार बाट गाउँपालिकामा शक्ति प्रदर्शन गर्ने त्यसको सम्पुर्ण क्षतिको गाउँपालिका जिम्मेवार हुने उल्लेख गरेका छन् ।

  • २ बैशाख २०७८, बिहीबार प्रकाशित

  • Nabintech