१२ श्रावण २०८१, शनिबार

एमालेका सांसदले जाेगाइदिए कर्णालीका मुख्यमन्त्रीकाे कुर्सी
  • न्युज मानसराेवर

बाँके बैजनाथ। कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीकाे पद जाेगिएकाे छ। २२ जना सांसदले विश्वासको मत दिएपछि मुख्यमन्त्री शाहीकाे पद जाेगिएकाे हाे।

शाहीका पक्षमा २२ र विपक्षमा १६ मत परेकाे थियो। मुख्यमन्त्रीलाई सत्तारूढ दल माओवादी, नेपाली काँग्रेस र एमालेका सांसद नन्दसिंह बुढा, प्रकाश ज्वाला, अम्मरबहादुर शाही र कर्मराज शाहीले विश्वासको मत दिएका हुन्। फ्लाेर क्रस गर्ने सबै एमालेको माधवकुमार समूहका नेता हुन्।

३९ सदस्यीय कर्णाली प्रदेश सभामा माओवादीका १२,  काँग्रेसका ६, एमालेमा सभामुख राजबहादुर शाहीसहित २० र राप्रपाका १ जना सांसद छन्। मतदान प्रक्रियामा ३७ सांसद सहभागी भएका थिए।

प्रदेश सभाकाे सबै भन्दा ठूलो दल एमालेले चैत ५ गतेबाट सरकारलाई दिएकाे समर्थन मुख्यमन्त्रीकाे पद धरापमा परेको थियो। एमालेले समर्थन फिर्ता लिएको २९ दिनपछि शुक्रबार मुख्यमन्त्रीले विश्वासको मत लिएरका हुन्।

विश्वासको मत पाएसँगै शाही नेतृत्वकै सरकारले निरन्तरता पाएको छ। यसअघि प्रतिपक्षमा रहेकाे कांग्रेस अब सरकारमा सहभागी हुने सम्भावना छ।

प्रदेशसभाको अर्को बैठक १० गते बस्ने भएको छ।

  • ३ बैशाख २०७८, शुक्रबार प्रकाशित

  • Nabintech