१६ चैत्र २०८०, शुक्रबार

नेपाल राष्ट्रिय शिक्षक संगठन बैजनाथको अध्यक्षमा सापकोटा
  • न्युज मानसराेवर

बाँके बैजनाथ । नेपाल राष्ट्रिय शिक्षक संगठन बैजनाथ बाँकेको दोश्रो अधिवेशन सम्पन्न गरिएको छ ।

अधिवेशनले राजकुमार सापकोटाको् अध्यक्षतामा १७ सदस्यीय समिति गठन गरेको छ । जस्मा उपाध्यक्ष गणेश ब बुढा , महिला उपाध्यक्षमा चन्द्र कुमारी विक , सचिव रमण सुवेदी सह सचिव लक्ष्मी खनाल , कोषाध्यक्षमा रोम प्रसाद रेग्मी सह कोषाध्यक्ष लक्ष्मी कुमारी जि सी लगाएत सदस्य रहेका छन् ।

अध्यक्ष निर्वाचित सापकोटा ईश्वरी मा वि बैजनाथ ६ प्र.अ छन् । सापकोटा शिक्षण पेशामा ३२ वर्ष जीवन विताएका एक अनुभवी र मिलनसार स्वभावका व्यक्ति मानिन्छन् ।  अधिवेशन ४ गते देखी शुरु गरिएको थियो भने समापन आज गरिएको हो ।

कार्यक्रमको प्रमुख अतिथि  नेपाल राष्ट्रिय शिक्षक संगठनका केन्द्रिय सदस्य एकदेव पन्थी , विशिष्ट अतिथि नेपाल राष्ट्रिय शिक्षक संगठन  बाँके जिल्ला  अध्यक्ष  बामदेव सुवेदी   लगाएतको सहभागिता रहेको  नेपाल राष्ट्रिय शिक्षक संगठनका बैजनाथका  पूर्व सचिव चन्द्रकान्त न्यौपाने  जानकारी गराए ।

  • ६ बैशाख २०७८, सोमबार प्रकाशित

  • Nabintech