८ बैशाख २०८१, शनिबार

लकडाउन उल्लंघनः १ महीनासम्म कैद वा रु, १०० सम्म जरिबाना वा दुवै सजाय

लामो दुरीका सवारी चल्ने, अतिआवश्यक सेवा खुल्ने

  • न्युज मानसराेवर

बाँके बैजनाथ ।  गर्मींसंगै नेपालगन्जमा कोरोना संक्रमणको पारो उक्लिन थालेको भन्दै स्थानीय प्रशासनले बिहिबार मध्यरातिदेखि गर्न थालेको लकडाउनमा के गर्ने नगर्न पाउने बारे सर्वसाधारणहरुले चासो राखेका छन् ।

स्थानीय प्रशासनले नेपालगन्ज क्षेत्रमा मात्रै एक साता लकडाउन गर्ने निर्णय गरे पनि बाँकेभरी लकडाउनको हल्ला गरिएको छ । प्रशासनले भने बिज्ञप्ती जारी गरी नेपालगन्ज क्षेत्र मात्रै तोकेको जनाएको छ । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र डिसिसिएमसी बाँकेको सिफारिसमा बाँके प्रशासनले बैशाख ८ गते राति १२ बजेदेखि लागू हुने गरी  लकडाउन गर्दै छ ।

संक्रामक रोग ऐन, २०२० अनुसार लकडाउन उल्लंघन गरेमा यस ऐन अन्तर्गत दिइएको आदेशलाई अपहेलना गर्ने व्यक्ति उपर १ महीनासम्म कैद वा रु, १००।– सम्म जरिबाना वा दुवै सजाय हुनेछ । यो ऐन अन्तर्गत अधिकृत व्यक्तिहरूलाई काममा बाधा पुयाउनेलाई ६ महीनासम्म कैद वा रु। ६००।सम्म जरिबाना वा दुवै सजाय हुने कानुनी ब्यवस्था छ । उक्त कसूरको मुद्दामा कारवाई र किनारा गर्ने अधिकार प्रमुख जिल्ला अधिकारीलाई हुनेछ ।

 

  • ८ बैशाख २०७८, बुधबार प्रकाशित

  • Nabintech