१३ बैशाख २०८१, बिहीबार

नेपाल राष्ट्रिय शिक्षक संगठन कोहलपुर नगर स्तरीय अध्यक्षमा थापा निर्वाचित
  • न्युज मानसराेवर

बाँके बैजनाथ । नगर स्तरीय नेपाल राष्ट्रिय शिक्षक संगठन कोहलपुर बाँकेको दोश्रो अधिवेशन सम्पन्न गरिएको छ ।
अधिवेशले निम प्रकाश थापाको अध्यक्षतामा १५ सदस्य कार्यसमिति चएन गरेको छ ।


निर्वाचित पदाधिकारीलाई प्रमुख अतिथि नेपाल राष्ट्रिय शिक्षक संगठन केन्द्रिय सदस्य एकदेव पन्थी र बाँके  जिल्ला अध्यक्ष बामदेव सुवेदीले प्रमाण पत्र हस्तान्तरण गरे ।

दोस्रो अधिवेशन कोहलपुर नगरपालिका वडा न ४ स्थित ज्ञानपुञ्ज मा वि मा राखिएको थियो ।

कार्य समितिमा उपाध्यक्ष दल बहादुर राना , महिला उपाध्यक्षमा सुष्मा थापा , सचिवमा गणेश कुमार खड्का ,कोषाध्यक्षमा यादव बस्याल लगाएत सदस्य निर्वाचित गरिएको नेपाल राष्ट्रिय शिक्षक संगठनका   बैजनाथ गाउँपालिका स्तरीय  पूर्व सचिव चन्द्रकान्त न्यौपाने जानकारी गराए ।

निर्वाचित अध्यक्ष निम प्रकाश थापा कोहलपुर स्थित ज्ञानपुञ्ज मा वि का शिक्षक छन् ।

थापाले  शिक्षण पेशमा  १७ बर्ष काम गरिसकेका छन् ।

  • ९ बैशाख २०७८, बिहीबार प्रकाशित

  • Nabintech