१२ श्रावण २०८१, शनिबार

२४ घण्टामा थपिए २ हजार ४२८ कोरोना संक्रमित
  • न्युज मानसराेवर

बाँके बैजनाथ ।  पछिल्लो २४ घण्टामा नेपालमा थप २ हजार ४२८ कोरोना संक्रमित थपिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकअनुसार १० हजार ४४८ जनाको कोरोना परीक्षण गरिएकोमा २ हजार ४२८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। मन्त्रालयका अनुसार १० हजार १ जनाको पीसीआर र ४४७ जनाको एन्टीजेन परीक्षण गरिएको हो।

 

यो अवधिमा कोरोना संक्रमणबाट थप ५ जनाको मृत्यु भएको छ। तथ्यांकअनुसार हाल देशभर १२ हजार ६९० जना सक्रिय संक्रमित छन्।

नेपालमा हालसम्म कोरोना पुष्टि हुनेको संख्या २ लाख ९२ हजार १५२ पुगेको छ भने २ लाख ७६ हजार ३४५ जना निको भइसकेका छन्। हालसम्म ३ हजार ११७ जनाको मृत्यु भएको छ।

 

  • ९ बैशाख २०७८, बिहीबार प्रकाशित

  • Nabintech