१३ बैशाख २०८१, बिहीबार

नेपाल पत्रकार महासंघ बाँकेको अगुवाइमा सरोकारवाला गरे सार्वजनिक अपील
  • रामकृष्ण छिनाल

बाँके बैजनाथ ।  नेपाल पत्रकार महासंघ बाँकेको अगुवाइमा  सरोकारवाला विच कोरना संक्रमणलाई नियन्त्रणमा  ल्याउन  कार्यान्वयन   गर्नु पर्ने  मापदण्ड बारे अन्तरसंवाद गरिएको छ ।

पछिल्ला केही दिन यता बाँकेमा कोरना संक्रमणमा बृद्धि देखिएको छ । अस्पतालका शैया समेत अपुग हुन थाले  पछि सरोकारवाला हरुले अपील मार्फत चिन्ता समेत व्यक्त गरेका छन् ।  उनीहरूले सार्वजनिक अपील जारी गर्दै बिरामीको भर्ना र उपचारलाई व्यवस्थित गर्न भनेका छन्।

सरोकारवालाहरूले जारी गरेको सार्वजनिक अपीलमा पीसीआर परीक्षणको दायरा पनि बढाउन भनिएको छ।

उनीहरूले सरोकारवालाबीचको आपसी समन्वयको अभावमा बिरामीहरू अलपत्र भई छोटो समयमै मृत्यु हुने गरेको, मेडिकल जनशक्तिको अभाव देखिएको, अक्सिजनको अभाव हुन सक्ने सम्भावना देखिएको उल्लेख गरिएको छ ।

यस्तै, स्थानीय सरकारका काम, कारबाही प्रभावकारी नदेखिएको, साधन श्रोतको अभाव देखाई कोभिड नियन्त्रण र उपचारका काम प्रभावकारी बन्न नसकेको र सेन्ट्रल कमाण्डमार्फत् एकद्वार प्रणालीबाट काम हुन नसकेको सरोकारवालाहरूले बताएका छन्।

केन्द्रबाट तत्काल दक्ष जनशक्ति खटाउने व्यववस्था मिलाउनुपर्ने, गम्भीर र सामान्य बिरामी राख्न छुट्टाछुट्टै आइसोलेसन केन्द्रको व्यवस्था मिलाउनुपर्ने, अक्सिजनको अभाव हुन नदिने,  एकद्वार प्रणालीबाट बिरामीको भर्ना र उपचारको व्यवस्था मिलाउनुपर्ने उनीहरूको सुझाव छ।

यस्तै, कोभिड हटलाइन नम्बर राखी सूचना प्रणालीलाई प्रभावकारी बनाउने, कोभिड फोकल पर्सनको भूमिका प्रभावकारी हुनुपर्ने, व्यवस्थापन पक्ष प्रभावकारी हुनुपर्ने, सेन्ट्रल कोभिड कमाण्ड प्रणालीको विकास गरिनुपर्ने, पीसिआर परीक्षणको दायरा बढाउनुपर्ने उनीहरूको सुझाव छ।

सीमा नाका हुँदै नेपाल भित्रिएका नागरिकहरूको कोभिड-१९ को संक्रमण भए/नभएको सुनिश्चितताका लागि आवश्यक परीक्षण गर्नुपर्ने, स्थानीय तहहरूमा आवश्यक संख्यामा स्वास्थ्य मापदण्डसहितका क्वोन्टिन र आइसोलेसन केन्द्र निमार्ण गर्ने, सार्वजनिक तथा भीडभाड हुने स्थानमा अनिवार्य रूपमा स्वास्थ्य मापदण्डको पालना गराउनुपर्ने भनिएको छ।

जारी अपिल नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्षको फेसबुक बाट ।

  • १० बैशाख २०७८, शुक्रबार प्रकाशित

  • Nabintech