कोहलपुर नगरपालिकाले अक्सिजनसहितको अस्थायी कोभिड अस्पताल सञ्चालनमा ल्याएको छ । नगरपालिकाले २५ बेड क्षमता भएको अस्पताल व्यवस्थापन गरेको हो ।
सक्रमित संख्या बृद्धि भइराखेको अवस्थामा कोहलपुर नगरपालिकाले कोभिड अस्पताल सञ्चालनमा ल्याएको प्रमुख प्रशासकीय अधिकृत छविलाल सुनारले जानकारी दिए ।
कोभिड अस्पताल सञ्चालनमा ल्याउन नगरपालिकाले ३५ लाख रुपैयाँ खर्च गरको छ । ‘कोभिड अस्पतालमा बिरामीलाई औषधि पनि निःशुल्क दिइएको छ नेपालीले भने’ ।
हाल नगरपालिकाले एक जना आठौ स्तरको डाक्टर , २ जना नर्स गरी ४ जना स्वास्थ्यकर्मीको पदपूर्ति गरेको छ ।
अस्पतालमा हाल नगरपालिकाका १२ जना संक्रमित आइसोलेसनमा भर्ना भएका छन् भने ५ जना सन्चो भएर घर फिर्ता भएका छन् ।
कोहलपुर नगरपालिकामा आज मात्र ७१ जना सक्रमित भएका छन् । सक्रिमित ७१ सहित हाल सम्म कोहलपुर नगरपालिकामा ३ सय ४० जना संक्रमिति भएका छन् । संक्रमिति होम आइसोलेसन मा रहेको प्रमुख प्रशासकीय अधिकृत छविलाल नेपालीले जानकारी दिए ।
नगरपालिकाले आइसोलेसन फोकल पर्सन गेहराज खनाल लाई जिम्मेवारी दिइएको छ ।