बाँके बैजनाथ । कोहलपुर नगरपालिकाले ५० बेडको आइसोलेसन सेन्टर सञ्चालनमा ल्याउने भएको छ ।
कोहलपुर नगरपालिका स्तरमा कोभिड १९ का संक्रमित बृद्धि भए सगै आइसोलेसन सेन्टर सञ्चालनमा ल्याउन लागेको हो ।
कोहलपुर वडा न. ८ स्थित कृषि बिकास बैंकको क्षेत्रिय तालिम केन्द्रमा ५० बेडको आइसोलेसन सेन्टर सञ्चालनमा ल्याउन लागिएको कोहलपुर नगरपालिका प्रमुख प्रशासकीय अधिकृत छविलाल नेपालीले जानकारी गराए ।
संक्रमित संख्या बृद्धि हुने देखिए पछि २०७८।०१।१३ गतेको बैठकले ५० बेडको आइसोलेसन सेन्टर सञ्चालन ल्याउने निर्णय गरिएको हो नेपालीले भने ।