६ बैशाख २०८१, बिहीबार

यहाँलाई अहिले कस्तो छ ? मेयर रावत
  • न्युज मानसराेवर

बाँके,कोहलपुर । यहाँलाई अहिले कस्तो छ ? ठिक छ । के खानु भएको छ ? सामान्य रुपमा खानाहरु खाइरहेका छौँ । स्वास्थ्यमा सुधार आएको छ कि छैन ? पहिला भन्दा ठिक छ । चिन्ता नलिनु होला कही कतै कही अप्ठेरो भएमा तपाईको नजिकै रहेको स्वास्थ्य केन्द्रमा सम्पर्क राख्नु होला ? हजुर हुन्छ । तातो पानीमा तुल्सी ,बेसार , गुर्जो, सन्चो , मरिज राखेर खानु होला हैँ –यो संवाद हो ।

विहिबार कोहलपुर नगरपालिका मेयर लुट बहादुर रावत होम आइसोलेसनमा रहेका कोरना संक्रमितहरुको अवस्था बारे बुझन आफै पुगेका थिए संक्रमितहरुको घर ।

कोहलपुर नगरपालिकाको टोलिले कोहलपुर वडा न ८ र वडा न १५का कोरना संक्रमितहरु संग पछिल्लो अवस्था बारे जानकारी लिइएको
हो ।

कोहलपुर नगरपालिकाको पहलमा हाल  एक कोभिड अस्पताल , एक आइसोलेसन सेन्टर सञ्चालनमा  छन् ।

कोहलपुर नगरपालिका भित्र पछिल्लो अवस्था भने नाजुक छ ‘संक्रमितिहरुको संख्या धेरै छ ‘अब त धान्न सकिने अवस्था छैन, कोहलपुर कोभिड फोकल पर्सन गेहराज खनालले बताए ।’

कोरना संक्रमित तर सामान्य अवस्थाका विरामी होम आइसोलेसनमा नै हुनुहुन्छ उहाँहरुको अवस्था बारे बुझ्न स्वास्थ्यकर्मी परिचालित गरेका छौँ कोहलपुर नगरपालिका प्रमुख प्रशासकीय अधिकृत छविलाल नेपालीले भने ।

हाल सम्म कोहलपुर नगरपालिका भित्र एक हजार एकाइस होम आइसोलेसनमा रहेका छन् जसमा पुरुष ५ सय २७ र महिला ४ सय ९४ रहेका छन् ।

यसै गरी कोहलपुर कोभिड अस्पतालमा १८ जना संक्रमिति छन् त्यस मध्य १६ जना अक्सिजनको साहरामा उपचारत छन् । भने ९ जना निको भएर घर फिर्ता भएका छन् । यसै गरी २ जनालाई रिफर गरिएको छ । यसै गरी आइसोलेसन मा ७ जनाले उपचार गरिरहेका छन् ।

यो समाचार २२ गतेको तथ्याङकको आधारमा बनाईको हो । आजको तथ्याङक आउन बाँकी छ । स्रोत कोहलपुर कोभिड फोकल पर्सन ।

  • २३ बैशाख २०७८, बिहीबार प्रकाशित

  • Nabintech