६ बैशाख २०८१, बिहीबार

वडाको नवनिर्मित भवन उद्घाटन
  • न्युज मानसराेवर

बाँके बैजनाथ । बैजनाथ गाउँपालिका वडा न. ४ को नवनिर्मित वडा कार्यालयको भवन उद्घाटन गरिएको छ ।
१ करोड साढे १२  लाखमा उक्त  भवन निमार्ण कार्य सम्पन्न गरिएको हो  वडा सचिव तिलक खत्रीले जानकारी दिए ।

वडा कार्यालयको भवनमा २ कोठा, १ हल, १ लेडिज ,१ जेन्स र १ अपाङ्गमैत्री सौचालय, सेवाग्राही वेटिङ हल को व्यवस्था  छ ।
नवनिर्मित भवनको उद्घाटन बैजनाथ गाउँपालिका अध्यक्ष मान बहादुर रुचालले गरे ।

रुचालले स्थानीय सरकार संस्थागत हुन सबै भन्दा पहिला वडाको संरचना आवश्यक हुने बताउदै विकास निमार्णका गतिविधि तिब्र रफ्तारमा गाउँपालिका चलिरहेको बताए ।

नवनिर्मित भवनको उद्घाटन कार्यक्रममा बैजनाथ गाउँपालिका वडा न ४ का वडा प्रतिनिधि गाउँपालिका लेखा अधिकृत पूर्ण प्रसाद जैसी ,सूचना अधिकारी तप्त राज आचार्य , योजना अधिकृत डोटी नेपाली , समाजसेवि भगवर्ती शाह स्थानीय बुद्धिजीवि प्रहरी लगवाएतको सहभागिता रहेको थियो । भवन बैजनाथ गाउँपालिका उपाध्यक्ष शारदा रेग्मी विकले २०७६।८।२७ गते शिलान्यास गरेकी थिइन् ।

  • २४ बैशाख २०७८, शुक्रबार प्रकाशित

  • Nabintech