११ बैशाख २०८१, मंगलवार

पत्रकार महासंघ बाँकेले एम्बुलेन्स सञ्चालनमा ल्याउदै
  • न्युज मानसराेवर

बाँके बैजनाथ ।  पत्रकार महासंघ बाँके शाखाले एम्बुलेन्स सञ्चालनमा ल्याउने भएको छ ।

शाखाको अध्यक्ष दामोदर भण्डारीको अध्यक्षतामा शुक्रबार बसेर कार्यसमितिले  एम्बुलेन्स खरिद गर्ने निर्णय गरेको हो ।

एम्बुलेन्स खरिद गर्ने निर्णय बाँके  शाखा  देशभरी मध्य पहिलो  शाखा  हो ।

महासंघको बैठकले एम्बुलेन्स खरिदका लागि सबैलाई आर्थिक सहयोग गर्न  आव्हान समेत गरेको छ ।

कोरोना भाइरस संक्रमण र यसको रोकथामका लागि  नेपाल पत्रकार   महासंघ  बाँके शाखाको बैठकबाट यस्तो निर्णय गरेको पत्रकार नेपाल पत्रकार   महासंघ बाँकेका सचिव कमल डाँगीले जानकारी गराए ।

 

 

 

 

 

  • ३१ बैशाख २०७८, शुक्रबार प्रकाशित

  • Nabintech