१६ चैत्र २०८०, शुक्रबार

बाँकेमा थप १५ जना संक्रमितको मृत्‍यु
  • न्युज मानसराेवर

बाँके बैजनाथ ।  बाँकेका विभिन्‍न अस्पतालमा उपचाररत १५ जना कोरोना संक्रमितको मृत्यु भएको छ । बिहीबार ३ बजे दिउँसोदेखि शुक्रबार बिहान ७:३० बजेसम्म यी संक्रमितको मृत्यु भएको छ।

जिल्लास्तरीय कोरोना संकट व्यवस्थापन केन्द्रका फोकल पर्सन तेज ओलीका अनुसार मृतक मध्ये ८ जना बाँके, २/२ जना सल्‍यान र कैलालीका तथा १/१ जना दाङ, बर्दिया र प्‍युठानका छन् ।

भेरी अस्पतालमा उपचाररत नेपालगञ्‍ज उपमहानगरपालिका-१० बाँकेका ७१ वर्षीय पुरुषको बिहीबार दिउँसो १ बजे, नेपालगञ्‍ज उपमहानगरपालिका-१३ की ६३ वर्षीया महिलाको बिहीबार राति १०:४५ बजे, बाकेँकै खजुरा गाउँपालिका ७ का ४८ वर्षीय पुरूषको बिहीबार राति १०: ५० बजे, खजुरा गाउपालिका-३ कै ६७ वर्षीय पुरुषको बिहीबार राति ११:५५ बजे मृत्‍यु भएको छ ।

यस्तै नेपालगञ्‍ज मेडिकल कलेजमा उपचाररत राप्तिसोनारी गाउँपालिका-३ बाँकेका ३३ वर्षीय पुरूषको बिहीबार ११:३० बजे, राप्तिसोनारी गाउँपालिका-८ बाँकेकै ५५ वर्षीया महिलाको शुक्रबार विहान ४:२५ बजे, बैजनाथपुर गाउँपलिका-६ बाँकेका २५ वर्षीय पुरुषको शुक्रबार ६:४० बजे मृत्‍यु भएको छ भने बैजनाथ गाउँपालिका-४ की ४३ वर्षीया महिलाको शुक्रबार विहान ७:३० बजे भेरी अस्पतालमा उपचारको क्रममा मृत्‍यु भएको छ ।

यस्तै भेरीमा उपचाररत कालिमाटी गाउँपालिका-२ सल्‍यानका ३४ वर्षीय पुरूषको बिहीबार साँझ ६:३० बजे र कपुरकोट गाउँपालिका-४ सल्‍यानकै ४४ वर्षीय पुरूषको शुक्रबार विहान ४ बजे मृत्‍यु भएको छ ।

यस्तै घोडाघोडी नगरपालिका-१० कैलालीकी ४० वर्षीया महिलाको बिहीबार साँझ ७:४० बजे नेपालगञ्‍ज मेडिकल कलेजमा मृत्‍यु भएको छ भने लम्कीचुहा नगरपालिका ३ कैलालीकै ६७ वर्षीय पुरूषको बिहीबार राति ११ बजे भेरी अस्पताललमा उपचारको क्रममा मृत्यु भएको छ ।

यस्तै नेपालगञ्‍ज मेडिकल कलेजमा उपचारको क्रममा गुलरिया नगरपालिका-६ बर्दियाकी ५५ वर्षीया महिलाको बिहीबार राति १०:३० बजे, घोराही उपमहानगरपालिका-५ दाङकी ३५ वर्षीया महिलाको बिहीबार साँझ ५ बजे र स्वर्गद्वारी नगरपालिका-५ प्युठानकी ४० वर्षीय पुरूषको बिहीबार दिउँसो ३ बजे मृत्‍यु भएको छ ।

योसँगै कोरोना संक्रमणबाट बाँके जिल्लाभित्रका २६७ पुगेको छ भने अन्‍य जिल्ला बाहिरका २२२ जना कोरोना संक्रमतिको उपचारका क्रममा मृत्यु भएको छ ।अनलाइन खबर

  • ७ जेष्ठ २०७८, शुक्रबार प्रकाशित

  • Nabintech