१२ बैशाख २०८१, बुधबार

स्थानीय तहहरुमा अब दबाव दिन्छौँ ,अध्यक्षःनेपाली
  • न्युज मानसराेवर

पछिल्लो समय बैजनाथमा  दोस्रो कोरोना महामारीको फैलिएको छ। करिब आठ सय भन्दा बढी होम आइसोलेसनमा संक्रमितहरु छन् । बाँकेको सदरमुकाम नेपालगन्ज सबैभन्दा बढी प्रताडित छ। संक्रमितहरुले उचित मात्रामा उपचार पाएका छैनन्। संक्रमण फैलिइरहेको छ। बैजनाथमा नेकपा एमाले (माधव पक्ष)  जिल्ला कमिटि सदस्य तथा मुक्ति समाज नेपाल जिल्ला अध्यक्ष लिल बहादुर नेपाली सहित युवाहरु कोरना संक्रमण तथा महासंकट, त्यसको समाधानका लागि स्थानीय सरकार संग समन्वयन मा शव व्यवस्थापन सहित  मनौपरार्मश सेवा मा लागेका छन् । आज हामीले यिनै सेरोफेरोमा बैजनाथ निवासी लिल बहादुर नेपाली संग न्यूज मानसरोबर डट.कम का लागि गरिएको कुराकानीको सम्पादित अंशः

बैजनाथको राजनितिक गतिविधि के कसरी चलिराखेको छ ?

समग्रमा हामी अहिले नेकपा एमाले एक गराउने पहलमा छौँ केन्द्रमा पनि कार्यदल बनेको छ आशा छ त्यो कार्यदलले नेकपा एमाले एक बनाउने छ । कमिकम्जोर सबै बाट भएका छन यि विषयहरुमा छलफल गरी निकास दिनुहुन्छ भन्ने आशा छ । अब बैजनाथको राजनितिक अवस्था अहिले हामीले कमिटी निमार्ण र चलाएमान गरिरहेका छौँ साथै कोभिड १९ संक्रमण संग जुत्दै रहनु भएका नागरिकहरुलाई मनौपरार्मश, र उहाँहरुलाई हौसला दिने कार्यमा हामी लागिरहेका छौँ ।

केन्द्रमा पार्टी विभाजन भए यहाँहरु नेकपा एमाले हुने किन नेताहरुको पछि लाग्ने ?

हामी नेताको पछाडि लागेका हौइनौ विचार र विधि मा लागेका हौँ गलत लाई गलत भन्न सक्नु पर्छ हिजो क.के पी वली ले गलत गर्नु भएको थियो आज पनि गलत गर्दै हुनुहुन्छ । यसै गरी क. माधव नेपालले पनि नेपाली काग्रेसका सभापति लाई प्रधामन्त्री बनाउन लागेको देख्दा क.माधवको समेत गलत कदम हो भन्ने हो त्यसको पनि हामी विरुद्ध मा छौँ अब नेकपा एमाले एक हुन्छ भन्ने आशा न्यून छ तर आशा आशा नै हो हामी अझै पनि ढुक्क छौँ र अब नेपालको राजनितिकमा युवा केन्द्रित हुनुपर्छ भन्ने मान्यताहरु एक ठाउँमा हुने छौँ भन्ने छ हेर्दै जाउँ केन्द्रमा के हुन्छ युवाहरु को कहाँ लाग्नु हुन्छ सर सल्लाह गरेर मात्र गर्ने निर्णय हो यो ।

कोभिड १९ संग जुत्दै गरेका संक्रमितलाई के कसरी मनौपरार्मश गर्नु भएको छ ?

हामीले सबै भन्दा पहिला स्थानीय सरकार संग समन्वयन गरेका छौँ । साथै हाम्रो पार्टी नेकपा एमाले का युवा कार्यकर्ताहरु प्रत्यक वडामा समिति बनाएका छौँ समितिमा आवद्ध सदस्यहरुले वडा स्तरमा भए गरेका गतिविधिहरुमा समन्वयन गरी रहेका छौँ । साथै कसैले आर्थिक अभावमा रहेको संक्रमितिहरुलाई सहयोग गरेका छौँ । साथै सव व्यवस्थापनमा समेत हाम्रो समुह सक्रिय भएर व्यवस्थापन गरिरहेका छौँ । र स्थानीय सरकारलाई समेत थप जवाफदेही बनाउन हामीले स्थानीय सरकारलाई ध्यानआकर्षण समेत गरेको छौँ । उहाँहरु स्थानीय सरकारका प्रतिनिधिहरुले समेत सहयोग गर्नु भएको मछ । साथै हामीले सक्रमितहरुको घर घरमा गएर उहाँहरुको स्वास्थ्य अवस्था बारे चासो र केही फलफुल ,जडिबुटी सहति वितरण समेत गरेका छौँ । यस कार्यलाई निरन्तर गर्न हामीले अन्य समाजसेवीहरु संग समन्वयन समेत गरेका छौँ ।

तपाई मुक्ति समाज बाँकेको  अध्यक्ष हुनु हुन्छ ? मुख्य रुपमा  बाँकेमा आम दलित समुदायको आर्थिक अवस्था पनि नाजुक देखिन्छ ?  जिल्ला  लक डाउन छ  । आर्थिक अभावका कारण एक छाक खाना खाने अवस्था पनि छैन ? यसमा मुक्ति समाजले के कस्तो भूमिका खेलिरहेको छ ?

अवस्य पनि बाँकेमा लक डाउन छ दलित समुदायको आर्थिक अवस्था कम्जोर नै छ त्यो अहिले मात्र नभएर पूर्खा देखी नै दलित शोषित छ। त्यस सन्र्दभमा हामीले लक डाउन एक पक्ष होला तर मुक्त समाजको उदेश्य हेर्ने हो भने आर्थिक मात्र नभएर सामाजिक रुपान्तरण र आर्थिक  उत्पादन मा  दलितको सहभागिता  सम्मानजनक नागरिकको हैसियत स्थापन गर्नु नै प्रमुख उदेश्य हो ,त्यस तर्फ हामी केन्द्रित छौँ।  अब यो महासंकट नै भनौ कोरना संक्रमण नेपालमा मात्र नभएर विश्वमा नै फैलिएको छ  ।  लाखौ मानिसहरुको मृत्यु भइसकेको छ । अब निकास तर्फ लक डाउन नै मुख्य अस्त्रका रुपमा हेरीएको छ ,तर लक डाउन मात्र अस्त्र होइन ।  त्यसको लागि खोप हो त्यो नेपाल सरकारले तत्काल उपलब्ध गराउनु पर्छ भन्ने हाम्रो माग हो  र छ ।  अब दलित समुदायको अवस्था पहिलो चरणमा  फैलिएको  कोरना  संक्रमण मा पनि देखिएको थियो ।   उनीहरुको  अवस्था  नाजुक थियो ।  बैजनाथको अवस्था वा मानौ बाँके जिल्लाका दलित समुदायको मुख्य आर्थिक स्रोत नै छिमेकी देश भारत हो  , विगत १ वर्ष देखी त्यो पनि बन्द छ दलित लगाएत सामान्य सार्थिक भएका नागरिकहरु मर्कामा छन् यस सन्दर्भमा हामीले स्थानीय सरकारलाई दबाव दिने र केही राहतका प्याकेज उपलब्ध गराउन पहल गर्ने हो त्यो हामीले गर्ने कार्यक्रम बनाएका छौँ यसका साथै दातृय निकायहरु संग समेत समन्ययन गर्दै छौँ अब पनि जिल्ला लक डाउन नै राख्ने भए राहत अनिर्वाय छ त्यो हामी समन्वयन वा दबावमा छिटै राहतका कार्यक्रम लागु गर्न हाम्रो पहल जारी छ ।

  • ९ जेष्ठ २०७८, आईतवार प्रकाशित

  • Nabintech