१३ बैशाख २०८१, बिहीबार

बैजनाथमा नेकपा एमालेको अभियान जारी
  • न्युज मानसराेवर

बाँके बैजनाथ । बैजनाथ  क्षेत्रमा  होम आइसोलेशनमा रहेका कोरना  संक्रमितहरुलाई फलफूल ,अदुवा गूर्जो मास्क तथा हौशला दिन स्वास्थ्य सम्बन्धी परामर्श  गरिएको छ   ।

नेकपा एमाले  बैजनाथ पार्टी  पदाधिकारी  पार्टी निकट   युवा संघ द्धारा उक्त अभियान सञ्चालन गरिएको हो ।

अभियानमा स्थानीय वडाका जन प्रतिनिधि ,स्वास्थ्यकर्मी ,युवा पार्टी प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

बैजनाथ गाउँपालिका क्षेत्रमा हाल होम आइसोलेस मा करिब आठ सय जना संक्रमित थिए । हाल होम आइसोलेसनमा कुल संक्रमित मध्य दुई सय परामर्श र उपचारत्त छन् । बाँकी भने संक्रमण मुक्त भइसकेका छन् ।

  • १२ जेष्ठ २०७८, बुधबार प्रकाशित

  • Nabintech