१४ बैशाख २०८१, शुक्रबार

भारतले भन्यो- पछिल्ला राजनीतिक घटनाक्रम नेपालको ‘आन्तरिक मामिला’
  • न्युज मानसराेवर

नयाँदिल्ली- भारतले नेपालमा प्रतिनिधि सभा विघटन भएर मध्यावधि निर्वाचन घोषणा गरिएको घटना र त्यसले बढाएको संविधानमाथिको संकटसँगै राजनीतिक टकरावलाई नेपालको ‘आन्तरिक मामिला’ भएको टिप्पणी गरेको छ।

विदेश मन्त्रालयले बुधबार औपचारिक रुपमा यस्तो टिप्पणी गरेको हो। विदेश मन्त्रालयका प्रवक्ता अरिन्दम बाग्चीले नेपालमा विकसित राजनीतिक घटनाक्रमबारे सञ्चारमाध्यममा उठेका प्रश्नमा आफ्नो धारणा भन्दै सार्वजनिक गरेको विज्ञप्तिमा भनिएको छ, ‘यसलाई हामी नेपालको आन्तरिक मामिला ठान्छौं। नेपालले यसलाई आफ्नै संरचना र लोकतान्त्रिक प्रक्रियाद्वारा सम्बोधन गर्नेछ।’

विदेश मन्त्रालयले नेपालमा विकसित घटनाक्रमलाई ‘नोट’ गरेको भन्दै छिमेकी र मित्रशक्तिको हिसाबले नेपाललाई गर्दै आएको सहयोग निरन्तर रहनेसमेत उल्लेख गरेको छ।

  • १२ जेष्ठ २०७८, बुधबार प्रकाशित

  • Nabintech