१६ चैत्र २०८०, शुक्रबार

भेरी अस्पताल घटना प्रति नेकपा एमाले बाँकेको भत्र्सना
  • न्युज मानसराेवर

बाँके बैजनाथ ।  नेपालगञ्ज स्थित भेरी अस्पतालमा स्वास्यकर्मी माथी भएको घटनाको नेकपा एमाले बाँके भत्र्सन गरेका छ ।

जिल्ला अध्यक्ष सूर्य ढकाल द्धारा जारी विज्ञप्तीमा  उक्त घटनाले दुखी र गम्भिर बनाएको उल्लेख गरिएको छ । आफ्नो जीवनको प्रभाह नगरी दिनरात मानवीय सेवामा कार्यरत्त चिकित्सक र स्वास्थ्यकर्मीमाथी मनोवल घटाउने यस्ता अक्षम्य घटनामा संलग्न दोषिहरुलाई कार्वाही गर्न समेत माग गरिएको छ । घटना प्रति घोर भत्र्सना व्यक्त गर्दै कुटपिट तथा अस्पताल तोडफोड हुनु निन्दनिय छ, विज्ञप्तीमा उल्लेख गरिएको छ ।

विहिवार राती भेरी अस्पतालमा उपचाररत कोरोना संक्रमित बिरामिको मृत्यु पछि मृतकका आफन्तिले चिकित्सक र स्वास्थ्यकर्मीमाथी अन्धाधुन्ध आक्रमण गरेका थिए ।

सो आक्रमणबाट बच्न केही नर्सहरु पहिलो तलाबाट हाम फालेर ज्यान जोगाउने प्रयास गरेका थिए , सो क्रममा चिकित्सक र स्वास्थ्यकर्मीलाई चोट समेत लागेको छ र आज शुक्रबार विहानै बाट अस्पताल प्रसाशन अगाडि बाट स्वास्थ्यकर्मीले आफ्नो सुरक्षा गर्न माग गरेर विरोध प्रर्दशन जारी छ ।

  • १४ जेष्ठ २०७८, शुक्रबार प्रकाशित

  • Nabintech