१४ बैशाख २०८१, शुक्रबार

यस्ता थिए गणतन्त्र आउनुअघिका तत्कालीन राजनीतिक घटनाक्रम
  • न्युज मानसराेवर

नेपालमा आज चौधौं गणतन्त्र दिवस मनाइँदै छ। २०६५ जेठ १५ मा बसेको पहिलो संविधानसभाको पहिलो बैठकले २ सय ४० वर्षे राजतन्त्र अन्त्य गर्दै नेपाललाई संघीय लोकतान्त्रिक गणतन्त्रात्मक मुलुकमा परिणत गरेको थियो। तत्कालीन अवस्थामा कुन कुन राजनीतिक घटनाक्रमले नेपालमा गणतन्त्र आउन सफल भयो त? गणतन्त्र आउनुअघिका केही प्रमुख राजनीतिक घटनाक्रम :

-२०५९ असोज १८ मा राजा ज्ञानेन्द्रद्वारा संसदीय निर्वाचन गराउन नसकेको भन्दै लोकतान्त्रिक ढंगले निर्वाचित प्रधानमन्त्री शेरबहादुर देउवालाई पदच्युत गरी सूर्यबहादुर थापालाई प्रधानमन्त्रीमा नियुक्त

-०६१ माघ १९ मा राजा ज्ञानेन्द्र शाहबाट शाही घोषणामार्फत प्रधानमन्त्री शेरबहादुर देउवालाई अपदस्थ गरी शासन सत्ता ग्रहण

-०६२ मंसिर ७ मा तत्कालीन सात दल र विद्रोही माओवादीबीच १२ बुँदे सम्झौता

-०६२ चैत २४ देखि देशव्यापी जनआन्दोलन

-०६३ वैशाख ११ गते राजा ज्ञानेन्द्रद्वारा प्रतिनिधिसभा पुनर्स्थापना

-२०६३ मंसिर ५ गते विस्तृत शान्ति सम्झौता

-०६३ चैत १८ गते माओवादी अन्तरिम सरकारमा सामेल

-०६४ पुस १३ अन्तरिम संविधानमा तेस्रो संशोधन गरी नेपाल संघीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्य कायम

-०६४ फागुन १६ गते सरकार र मधेसी मोर्चाबीच सहमति

-०६४ चैत २८ संविधानसभा चुनाव

-०६५ जेठ १५ गते संविधानसभाको पहिलो बैठकबाट गणतन्त्रको प्रस्ताव पारित

-जेठ २९ गते साँझ नारायणहिटीबाट ज्ञानेन्द्रको बहिर्गमन

  • १५ जेष्ठ २०७८, शनिबार प्रकाशित

  • Nabintech