१४ बैशाख २०८१, शुक्रबार

संविधानको रक्षा गर्नु नै गणतन्त्र दिवसको औचित्य सिद्ध हुने छ !

संघीय लोकतान्त्रिक गणतन्त्रात्मक मुलुक रक्षाका लागि राज नेताहरु एक ठाउँमा उभिन्न आवश्यक ।

  • न्युज मानसराेवर

२०६५ जेठ १५ मा बसेको पहिलो संविधानसभाको पहिलो बैठकले २ सय ४० वर्षे राजतन्त्र अन्त्य गर्दै नेपाललाई संघीय लोकतान्त्रिक गणतन्त्रात्मक मुलुकमा परिणत गरेको थियो।  राजनीतिक घटनाक्रमले नेपालमा गणतन्त्र आउन सफल बनायो । विभिन्न सघर्ष पश्चात २०६४ चैत २८ संविधानसभा चुनाव सम्पन गरियो र २०६५ जेठ १५ गते संविधानसभाको पहिलो बैठकबाट गणतन्त्रको प्रस्ताव पारित गरियो । र २०७२ मा नेपालमा संविधान निमार्ण कार्य सम्पन गरी आज नेपालमा चौधौं गणतन्त्र दिवस मनाइँदै छ। यसै सन्दर्भमा संविधान सभा सदस्य तथा पूर्व मन्त्री र नेकपा एमाले बाँकेका प्रभावशालि नेता दल बहादुर सुनार संग न्यूज मानसरोब डट कम का लागि गरिएका कुराकानीको सम्पादित अंश

 नमस्कारःयहाँ लाई कस्तो छ ? 

नमस्कार यहाँहरुलाई पनि, म आराम छु आरामको कामना गर्दछु सबैमा ।

संघीय लोकतान्त्रिक गणतन्त्रात्मक चौधौं गणतन्त्र दिवस शुभकामना यहाँलाई ?

यहाँलाई पनि शुभकामना छ र यसै सञ्चारमाध्यम बाट आम नेपाली नागरिकहरुमा समेत चौधौं गणतन्त्र दिवस शुभकामना व्यक्त गर्न चाहन्छु ।

पछिल्लो समय यहाँको दैनिकी कसरी वितिरकेको छ?  देशको राजनितिक घटनाक्रम लाई नियाल्दै छु, साथै राजनितक प्राणि भएका कारण संगठन निमार्ण ,स्थानीय सरकारका विकास गतिविधिहरुमा सहकार्य सगै समाजिक रुपान्तरणका लागि सक्रिय सहभागिता जनाइराखेका छु । पछिल्लो समय देशमा कोरना संक्रमित संख्या बढेको छ उहाँहरुलाई हौसला दिने आवश्यक समन्वयन गर्ने सव व्यवस्थापन  संक्रमित घर दैलो अभियानमा छौँ ,जस्ता गतिविधिहरुमा दैनिक चलिरेहको छ ।

देशको राजनितक नियाल्दै छु भन्नु भयो ? यहाँले के समिक्षा गर्नु भएको छ ,देशको राजनितिक ? यो विषय आफैलाई गम्भिर बनाएको छ । देशमा जुन खाले गतिविधिहरु भएका छन् त्यो आम नेपाली नागरिकहरु प्रति जवाफदेही नभएको महशुस भयो । जन मर्मका साथ हामीले संविधान निमार्ण प्रक्रियामा सामेल हुदै देशको संविधान निमार्ण गर्यौ जन मर्म संविधानमा हामीले राख्यौँ त्यो कार्यान्वयन नभएको देख्दा चिन्ता लाग्नु स्वभाविक हो । तर देशको संविधान लाई सही ट्याकमा ल्याउन संघर्ष हरु पनि भएका छन् अब न्यायको पक्षमा देशका राजनितिक दलहरु न्यायलय छन् हेरौ अब के हुन्छ । अब व्यक्तिगत समिक्षाको कुरा गर्नु हुन्छ भने कुनै निर्णयमा पुग्न सकिएको छैन पहिलो संसद विघटको विरुद्धमा हामी सडकमा थियौ न्यायलय न्याय पनि दियो तर यसलाई बचाउँ सकिएन फेरी संसद  विघगटन दुभाग्य हो जस्ले गर्दा आम नेपाली नागरिक स्तरमा राजनितिक प्रति विदृष्णा नकारात्मक सन्देश फैलाउने काम गरेको छ भन्ने लाग्छ ।

आम नेपाली नागरिकहरुमा राजनितक विदृष्णा फैलिएको छ भन्नु भयो यसको निकास के होला ? पक्कै पनि यसको निकास पनि राजनितक नै हो । हामीले संविधान अक्षररत्त रुपमा कार्यान्वयन गर्ने चरणमा थियौँ। यसको प्रभावकारी कार्यान्वयनका लागि नै निर्वाचन सम्पन्न गरियो । नेकपा एमाले र नेकपा माओवादी पार्टी एकिकृत भई संसदमा र्दुइ तिहाइ हुदाँ अब पक्कै पनि संविधान अक्षररत्त कार्यान्वयन हुन्छ भन्ने आशा आम नेपाली नागरिकहरुले महशुस गरेका थियो तर आर्चय चकित भनौ हुदै पार्टी एकिकरण धेरै समय टिक्न सकेन यो दुभाग्य पनि हो । अब देशमा गतिरोध अत्य भयो भन्ने लागेको थियो त्यो अझै बाँकी रैछ जस्तो लागेको छ । निरुकुश अत्य गर्यौ अब समृद्धि हुन्छ भन्ने संविधानको जुन मर्म छ त्यो पछिल्लो घटनाक्रमले देश दुर्घटना तर्फ गएको छ भन्ने लागेको छ । यसको निकास र आम नागरिकहरु प्रति फैलिएको राजनितिक वितृष्णा अब राज नेताहरु एक ठाउँमा बस्न संवाद गर्न आवश्यक छ, त्यो संवादले देशको समृद्धि कायम गर्न र आम नागरिक प्रति जवाफदेही हुन आवश्यक छ ।

के देशमा समृद्धिका गतिविधिहरु भएका छनन् भन्न खोज्नु भएको हो ? तर देशको प्रधामन्त्रीलेले खुसी नेपाली समृद्धि नेपालको अभियान नै चलाउनु भएको छ त ? विकासका गतिविधिहरु समेत सञ्चालन गरिएका छैनन् भन्न खोज्नु भएको हो ?

विकासका गतिविधिले मात्र समृद्धि हुदैन त्यसका लागि त न्यायिक कार्य सम्पादन ,नागरिक अधिकारको सुनिश्चित संसद प्रति उत्तरदायित्व हुनु पनि हो । पछिल्लो गतिविधिहरुमा देशको प्रधानमन्त्री वा भनौ हाम्रा अध्यक्ष केपी शर्मा वली ज्यू का कदम संविधानको मर्म विपरित
छन् । आज देशमा अध्यादेश मार्फत बजेट ल्याउन लागिएको छ यो दुखद विषय हो यो अवस्था ल्याउन उहाँ प्रधामन्त्री आफै स्यम उत्तरदाही हुनुहन्छ ।

दुई तिहाइ कहाँ गयोँ देशमा महामारी फैलिएको छ नागरिकहरुले उचित उपचार पाउँन सकेका छैनन । नागरिक भोकै छ हामीले खाद्य अधिकार सुनिश्चित गरेका थियो । नागरिकका आधारभूत आवश्यक शिक्षा स्वास्थ्य रोजगारी गाँस बाँस कपास को खै कहाँ कस्ले पाएका
छन् । राज्य सप्तामा भएका आखाँले हेरे पछि हुन्छ ।

कम्यूष्ट सरकारका पछिल्लो निति तथा कार्यक्रमहरु हेनुहोस् पुजीँवादी सरकारले ल्याएका नीति तथा कार्यक्रम को नै तस्विर हेन सकिन्छ । खाली उद्घाटन गरेर मात्र हुदैन । जनताका विचमा गरिएका बाचाँहरु कार्यान्व्यन कहाँ गए । संविधान र नागरिकहरुले ५ वर्षका लागि स्थायी सरकारको परिकल्पना गरेको  थिए , तर हेनु भयो होला २ पटक नै संविधान माथि कु भएको छ,अब देश कहाँ गएको छ ,संविधानको रक्षाका लागि राष्टपति हुनुहुन्थ्यो खै संविधानको रक्षा भएको ?  यो सबैको मुल्याकंन कसरी हुन्छ?   भविष्यमा देशको अवस्था अब के हुने
हो ? आफ्नै पार्टीका साथीहरुलाई कार्वाही गर्ने नेकपा एमाले नै विभाजन गर्न खोज्नु प्रधानमन्त्रिको राज्य सप्ता हत्याउने खेल हो । र निरंकुश प्रधामन्त्रीको परिकल्पना संविधानले गरेको छैन, त्यसैले पछिल्ला गतिविधि निरजंल सप्ताको पाप्तको पराकष्ट नै हो त्यो अत्य हुनु पर्छ ,भन्ने नै हो । यसका लागि संविधानको रक्षा गर्ने सबै एक ठाउँमा आउनु पर्छ ।

सप्ता हत्याउने खेल हो भन्नु भयो तर प्रधानमन्त्रिले त निर्वाचन भन्नु भएको छ त ?

निर्वाचन हुने हो होइन भन्ने ठुलो कुरा हो । निर्वाचन घोषणा त राजाले पनि गरेका थिए । राज्यका सबै अंगहरु मा आफ्नो संरक्षण कायम राख्दै निर्वाचन पनि निपक्ष होला भन्ने छैन त्यो किन पनि भनिराखेको छु भने प्रधामन्त्री बाट गरिएका गतिविधिहरुले गर्दा अहिले सबै राजनितिक दल विस्वास नहुनु पनि स्वभाविक हो । २ तिहाइको प्रधामन्त्री हुनुहुन्थ्यो सबै भन्दा ठुलो दलको प्रधामन्त्री हुनुहुन्थ्यो खै कहाँ छ त्यो पार्टी दल ।  खै कहाँ गए स्यंम प्रधानमन्त्रीका सहपार्टी यौद्धाहरु अब यही विषयले निर्वाचन पनि सही हुन्छ भन्ने छैन अर्को मुख्य विषय त संविधान सम्वत निर्वाचनमा जाने होला । संविधान नै धरापमा पार्ने (कुु)गर्ने अनि निर्वाचन भनेर हुन्छ ।

अत्यमा यहाँको केही भनाइ छ भने भन्नु ?  सबै भन्दा पहिला त यहाँ र यहाँको  टिमलाई धन्यवाद दिन चाहन्छु , संविधान सम्वत आम नेपाली नागरिकहरुको अधिकार सुनिश्चि होस् भन्ने चाहना प्रकट गर्न चाहन्छु , देशमा भइरहेका अराजनितिक गतिविधि र संसद विहिनको अवस्था छिटै अत्य होस् भन्ने आशा व्यक्त गर्छु , देशको संविधानले प्रत्याभूत गरिएका आम नेपाली नागरिकका अधिकारको सुनिश्चित गर्न आवश्यक छ । यसका लागि सबै राज नेताहरु एक ठाउँमा आउनु पर्छ यही भनाइ छ र आशा पनि यही छ मेरो ।

 

  • १५ जेष्ठ २०७८, शनिबार प्रकाशित

  • Nabintech