१६ चैत्र २०८०, शुक्रबार

४ हजार ७६२ संक्रमित थपिँदा ६ हजार ४९१ संक्रमणमुक्त, ११४ जनाको मृत्यु
  • न्युज मानसराेवर

बाँके बैजनाथ ।  पछिल्लो २४ घण्टामा देशभर ४ हजार ७६२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। १५ हजार ५५ जनाको पीसीआर विधि र २ हजार ४२५ जनाको एन्टिजेन परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको मन्त्रालयको जनाएको छ।

आज पनि नयाँ कोरोना संक्रमितभन्दा संक्रमणमुक्त हुने धेरै भएका छन्। पछिल्लो २४ घण्टामा ६ हजार ४९१ संक्रमित कोरोनामुक्त भएका छन्।

हालसम्म कोरोना संक्रमितको संख्या ५ लाख ६१ हजार ३०२ पुगेको छ भने संक्रमणमुक्त हुनेको संख्या ४ लाख ४७ हजार ४४६ छ।

अहिले १ लाख ६ हजार ४७० जना संक्रमित आइसोलेसनमा छन्। आज ११४ जना कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै मृत्यु हुनेको संख्या ७ हजार ३८६ पुगेको छ।

  • १७ जेष्ठ २०७८, सोमबार प्रकाशित

  • Nabintech