१३ बैशाख २०८१, बिहीबार

सर्वोच्च अदालतका सबै न्यायाधीशहरुको बैठक बस्दै
  • न्युज मानसराेवर

बाँके बैजनाथ ।   सर्वोच्च अदालतको फुलकोर्ट अर्थात् सबै न्यायाधीशहरुको बैठक बस्दै छ ।

कोरोना संक्रमणका कारण प्रभावित भएको अदालतको सेवाबारे छलफल गर्न शुक्रबार बैठक बोलाइएको हो ।

कोरोनाभाइरसको असरका कारण सेवा प्रवाहमा गरिएको संकुचन र विविध विषयमा छलफल गर्ने एजेण्डा तय गरेर बैठक बस्न लागेको सर्वोच्च अदालतका सूचना अधिकारी देवेन्द्र ढकालले जानकारी दिए ।

विविध विषयअन्तर्गत वरिष्ठताका आधारमा संवैधानिक इजलास गठन गर्न नियमावली संशोधन गर्नेबारे पनि छलफल हुन सक्ने स्रोतले बतायो ।

  • २१ जेष्ठ २०७८, शुक्रबार प्रकाशित

  • Nabintech