१५ चैत्र २०८०, बिहीबार

नगरपालिकाको कोभिड १९ अस्पताल खाली
  • न्युज मानसराेवर

कोहलपुर । कोहलपुर नगरपालिकाले सञ्चालनमा ल्याएको कोभिड १९ अस्थायी अस्पताल खाली भएको छ । यसै गरी कोरना संक्रमित संख्या समेत घटेको छ । होम आइसोलेसनमा रहेका मध्य अब बाँकी ६६ जना मात्र छन् उनीहरु सबै स्वास्थ्यकर्मीको मनोपरामर्श सेवामा छन्। कोहलपुर नगरपालिकाले सञ्चालनमा ल्याएको आइसोलेसन केन्द्र यस अघि नै खाली भइसकेको छ ।

कोहलपुर नगरपालिका कोभिड १९ फोकल पसैन गेहराज खनालले जानकारी गराए ।

आज मात्र १५ जना पुरुष र १६ महिला गरी ३१ जना कोरना संक्रमित निको भएका छन् ।

निको हुन बाँकी ६६ मध्य पुरुष ४१ र महिला २५ जना छन् ।

  • २३ जेष्ठ २०७८, आईतवार प्रकाशित

  • Nabintech