१५ बैशाख २०८१, शनिबार

मन्त्रिपरिषद् विस्तारविरुद्ध दायर रिटको सुनुवाइ आज
  • न्युज मानसराेवर

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको मन्त्रिपरिषद् विस्तारविरुद्ध सर्वोच्च अदालतमा दर्ता भएका रिटको सुनुवाइ आज हुने भएको छ।

वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीसहितका कानुन व्यवसायीहरूले ६ वटा रिट अदालतमा दर्ता गरेका छन्। दर्ता भएका रिटको अदालतले आज पेसी तोकेको छ।

संसद् विघटन गरी मध्यावधि चुनाव घोषणा गरेर कामचलाउ बनेको सरकारले संविधानविपरीत मन्त्रिपरिषद् विस्तार गरेको भन्दै त्यसविरुद्ध रिट दर्ता गरिएको हो। आजको सुनुवाइले अन्तरिम आदेश जारी गरेमा हालै मन्त्री बनेकाहरूको पद गुम्ने छ।

गत शुक्रबार प्रधानमन्त्री ओलीले जसपाको महन्थ ठाकुर-राजेन्द्र महतोलाई सरकारमा सहभागी गराउँदै मन्त्रिपरिषद् विस्तार गरेका थिए।

 

  • २५ जेष्ठ २०७८, मंगलवार प्रकाशित

  • Nabintech