१५ बैशाख २०८१, शनिबार

नागरिकता अध्यादेशविरुद्ध परेको रिटमा आज सुनुवाइ हुँदै
  • न्युज मानसराेवर

काठमाडौं। नागरिकता अध्यादेशविरुद्ध परेको रिटमा आज सुनुवाइ हुने भएको छ। उक्त प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा,न्यायाधीशहरु दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र ईश्वरीप्रसाद खतिवडाको इजलासमा पेसीमा छ। नागरिकता सम्बन्धी मुद्दा यसअघि हेर्दाहेर्दैमा राखिएको थियो। आज अन्तरिम आदेश दिने वा के गर्ने भन्नेबारे छलफल हुनेछ। मन्त्रिपरिषदको सिफारिसमा जेठ ९ गते राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता सम्बन्धी अध्यादेश जारी गरेकी थिइन्।

  • २७ जेष्ठ २०७८, बिहीबार प्रकाशित

  • Nabintech