११ बैशाख २०८१, मंगलवार

घरेलु महासंघद्धारा स्वास्थ्य सामग्री हस्तान्तरण
  • न्युज मानसराेवर

घरेलु तथा साना उद्योग महासंघ बाँकेले कोहलपुर नगरपालिका र नेपालगन्ज उपमहानगरपालिकालाई स्वास्थ्य सामग्री उपलब्ध गराएको
छ । केयर नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा घरेलु महासंघले जिल्लाका सबै पालिकाहरुमा स्वास्थ्य सामग्री वितरण गर्ने क्रममा बिहिबार कोहलपुर र नेपालगन्ज उपमहानगरलाई २ लाख मुल्य बराबरको स्वास्थ्य सामग्री उपलब्ध गराएको हो ।

बाँके कोहलपुर । घरेलु महासंघ बाँकेकी अध्यक्ष मधु खड्काका अनुसार कोभिड १९ को दोश्रो लहर चलिरहेको अवस्थामा महामारी नियन्त्रणकालागि सहयोग पुर्याउने उद्धेश्यले जिल्लाभित्रका सबै पालिकाहरुलाई स्वास्थ्य सामग्री उपलब्ध गराउने अभियान सुरु गरीएको
हो । जसअन्तर्गत बिहिबार नेपालगञ्ज उपमहानगरपालिकालाई १ लाख १३ हजार ५८५ मुल्य बराबरको सर्जिकल सामग्रीहरु हस्तान्तरण गरीएको हो । उपमहानगरपालिकका मेयर डा. धवल शम्शेर राणा र उपप्रमुख उमा थापाको उपस्थितीमा पिपिई सेट, थर्मोमिटर, अक्सिमिटर, सर्जिकल माक्स, सेनिटाईजर, ग्लोब्स लगाएतका स्वास्थ्य सामग्री उपलब्ध गराईएको खड्काले जानकारी दिईन ।

त्यसैगरी कोहलपुर नगरपालिकालाई समेत ८३ हजार ७ सय मुल्य बराबरको स्वास्थ्य सामग्री उपलब्ध गराईएको खड्काले बताईन । कोहलपुर नगरपालिका परिसरमा मेयर लुट बहादुर रावत र उपमेयर सन्जु कुमारी थारुको उपस्थितीमा उक्त मुल्य बराबरको स्वास्थ्य सामग्री उपलब्ध गराईएको थियो ।

 

  • २७ जेष्ठ २०७८, बिहीबार प्रकाशित

  • Nabintech