७ बैशाख २०८१, शुक्रबार

मेरो बुझाइ सन्दर्भ नेकपा एमालेको ७ औँ राजनितिक प्रतिवेदन
  • सुर्य ढकाल

नेकपा एमाले जिल्ला कमिटी बांकेले पार्टीको मुखपत्र सुर्यदय २०७८को पहिलो र दोस्रो अंकको रुपमा माक्र्सवादी दर्शन प्रकासित गरिसकेका छौ ।

तेस्रो अंकको रुपमा नेकपा एमाले बाँकेको सातौ जिल्ला अधिवेशन बाट पारीत राजनीतिक प्रतिवेदन प्रकासन गर्न गएका छौ । सातौ जिल्ला अधिवेशन सम्पन्न भएको तिन महिना भित्र प्रकासित भई वितरण भईसक्नुपर्ने राजनीतिक दस्तावेज प्रकासित भई आम पार्टी कार्यकताहरुको हातमा पुगि सक्नु पर्ने दस्तावेज हो ।

तर निर्वाचित नेतृत्वको ढिला सुस्ती तथा गैरराजनीतिक चिन्नत निति लिएकको नेतृत्व भएको कारण यो दस्तावेज प्रकासित हुन सकेन । सातौ जिल्ला अधिवेशन सम्पन्न भएको ७ बर्ष पछि हामीले यो दस्तावेज प्रकासित गरेका छौ । समय राजनीतिक प्ररिस्थितिमा परिर्वतन आएतापनि यस्ता दस्तावेजहरुले अवश्य पनि पार्टीका तत्कालिन गतिविधिहरु र त्यस समयमा नेतृत्वले खेलेको भुमिकाको बारेमा अध्ययन गर्न रामो सहयोग पुत्याउने छन भन्ने विश्वास हामीले लिएका छौ ।

यो राजनीतिक दस्तावेज प्रकाशन कार्यले इतिहासलाई सुरक्षित राख्ने क्रमको एउटा महत्वपुर्ण खुडकिलो हो । इतिहासको वस्तुनिष्ट अध्ययनले वर्तमानका समस्या तथा चुनौतिहरुको सहि विश्लेषया गर्दे भविष्याको निम्ति सही योजना निर्माण गर्न सहयोग पुग्दछ । जब इतिहासको अध्ययनमा तथ्य प्रमाणहरु प्रविष्ट हुन्छन त्यतिबेला उक्त अध्ययन यर्थाथ र बैज्ञानिक बन्ने गर्दछ । यो दस्तावेज बांकेको कम्युष्टि आन्दोलनको अध्ययनलाई महत्वपुर्ण सामाग्री हुने छ ।

हरेक दस्तावेजहरुले कुनै न कुनै महत्व बोकेको हुन्छ । १८४८ सालमा माक्र्सले पहिलो पटक प्रकासित गरेको कम्युनिष्ट पार्टीको घोषण पत्र । २००६ सालमा नेपालमा कम्युनिष्ट पार्टी स्थापना गर्दा पुष्पलाल बाट नेपालको सन्र्दभमा लेखिएको नेपालको कम्युनिष्ट घोषाण पत्र, २०४७ सालमा राष्टिय प्रजातान्त्रीक युवा सघ नेपालको प्रथम अधिवेशनमा सस्थापक अध्यक्ष केपी ओलीले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदन, नेकपा एमालेको पाचौ राष्टिय महाधिवेशनमा जननेता मदन भण्डारीले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदन(जवजं) अनेरास्ववियुको बाहौ राष्टिय सम्मेलनमा कमरेड शंकर पोखरेल बाट प्रस्तुत राजनीतिक प्तिवेदन र बांके जिल्लाको हकमा सातौ जिज्ला सम्मेलनमा कमरेड नन्नदला रोकायाले प्रस्तुत गरेको यो दस्तावेजहरुले आफनो आफनो क्षेत्रको लागि महत्पुण दिशा निर्देशन गर्ने सक्ने खालका दस्तावेजहरु
हुन ।
बुुबा जुद्ध रोकाया र आमा पार्वती रोकायाको एक्लो सन्तानको रुपमा जन्मनु भएका नन्दलाल रोकाया नेपाली समाजमा रहेको अन्याय अत्यचार,उत्पीडन र विभेदको विरोधमा आबज उठाउने रोकाया २०२४ साल देखि निरन्तर राजनीतिक आन्दोलनको मैदानमा सतिसाल झै ठडिरहनु भएको छ । माक्र्सवादी बुढा,माक्र्सवादका बााख्याता,माक्र्सवादी दर्शनका प्रचारक,बाके जिल्लाका नेताहरु मध्य सरल,सोझा,निष्कलङ्क त्यागी नेताको रुपमा बाके जिल्लामा चिनिएका नन्दलाल रोकाया धेरैका प्रेरणको श्रोत हुन ।

२०२९ सालमा माक्र्सबादी को जिल्ला कमिटीका सदस्य,२०४७ सालमा माले र माक्र्सवादी बिच पार्टी एकता पछि नेकपा एमालेको उप सचिव अन्चल कमिटीको सदस्य छैटो जिल्ला अधिवेशन बाट नेकपा एमालेको जिल्ला अध्यक्ष सर्वसम्मत निर्वाचित हुन भयो । बाके जिल्लाको नेतृत्वमा आए पछि पहिलो पटक नेकपा एमालेले उठाएका उमेदावरहरु,नेपालगज उधोग बाणिज्य सघ,पत्रकार महासघ,बांकेका चार निर्वाचन क्षेत्र मध्य तिन बाहेक १,२ र ४ जित्न सफल भएका थियो ।

विभिन्न सघ सस्थाहरुमा नेकपा एमाले सग आवद्ध साथिहरुलाई जिताउन सफल नन्दलाल रोकायाले नेकपा एमालेको सातौ जिल्ला अधिवेशनमा अध्यक्षको हैसियतले प्रस्तुत गरिएको राजनीतिक प्रतिवेदन अधिवेशन बाट पास भएको थियो ।यस राजनीतिक प्रतिवेदनमा बांके कम्युनिष्ट आन्दोलनको इतिहास,राजनीतिक,वैचारिक सगठानिक र सामाजिक मुद्धाहरुलाई व्यवस्थीत रुपमा लिपिबद्ध गरिएको छ ।
अहिले नेकपा एमालेमा हजारौ हजार कार्यकर्ता र लाखौ लाख सदस्य र शुभन्तिकहरुको पक्ति छ ।

पार्टीको विकास विस्तार र सूदृढीकरणका लागि यो पक्तिलाई बैचारिक राजनीतिक ढंगले प्रशिक्षित पार्दै अनुशासित र संस्कारयुक्त तुल्याउनु आजको आवश्यकता हो । पार्टी संचालनका हाम्रा आफनै सिद्धान्त र पद्धतिहरु स्थापित छन । पार्टी विकासका विभिन्न चरणहरुमा हामीले असल परम्परा र संस्कारलाई पनि स्थापित गरेका छौ ।

आज हामीले अपनाउदै आएको असल पद्धति,सस्कार र परम्पराहरमा हा्रस आएको छैन ? गंभिर भएर सोच्ने बेला भएको छ । पार्टीका निति विचार कार्यक्रम जति सुकै राम्रा भए पनि त्यसको असल कार्यान्वयन एउटा सुसगठित र अनुशासित कार्यकर्ता र नेताको अभावमा असंभव नै हुन जान्छ ।हामी हाम्रो लक्ष्यमा पुनका लागि हामीमा हुर्कदै गएका गलत संस्कार,प्रवृति,र चिन्तनलाई हटाउदै र विगत बाट शिक्षा लिएर राम्रा परम्पराहरु कायम राख्नु पर्दछ ।

 

यो नै आजको आवश्यकता र चुनौती हो । यो आवश्यकता रचुनौतिहरुलाई समाना गर्न जस्ता दस्तावेजहरु महत्वपुर्ण हुन विश्वास हामीले लिएका छौ ।सातौ जिल्ला अधिवेशन बाट पारित दस्तावेज प्रकासनमा सहयोग गर्ने,पार्टी केन्द्रिय कमिटीका सदस्यहरु,प्रदेश कमिटकिा सदस्यहरु,जिल्ला कमिटीका पदाधिकारी तथा सदस्यहरु,पालिका कमिटीका पदाधिकारी तथा सदस्यहरु जनवर्गिय सगठनका केन्द्र र जिल्लका पदाधिकारी तथा सदस्यहरुलाई मुरी मुरी धन्यवाद दिन चाहन्छौ ।

आज नेकपा एमाले जिल्ला कमिटी बांकेको आयोजनामा सातौ जिल्ला अधिवेशन बाट पारित राजनीतिक प्रतिवेदन वितरण कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमा कमरेड देवराज भार ,पदध धिताल ले सम्बोधन गर्नु भएको थियो । कार्यक्रको संचालन सगठन विभागका प्रमुख भिम वली अध्यक्षता जिल्ला अध्यक्ष सुर्य ढकाल र स्वागत राम थापाले गर्नु भएको थियो । उल्लेखित विषय नेकपा एमालेका जिल्ला अध्यक्ष गरेका हुन् । 

 

  • २७ जेष्ठ २०७८, बिहीबार प्रकाशित

  • Nabintech