१२ बैशाख २०८१, बुधबार

बर्दियामा २७ वर्षीया महिला बलात्कृत
  • न्युज मानसराेवर

बर्दिया।  बर्दियामा २७ वर्षीया महिला बलात्कृत भएकी छन्। बलात्कारको आरोपमा बारबर्दिया नगरपालिका–५ बालापुर बस्ने १९ वर्षीय रुपेश थारुलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ। रुपेशले ती महिलालाई जेठ ५ गते स्थानीय पथ्थर कुलोमा बलात्कार गरेको प्रहरीले जनाएको छ। बलात्कारको खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय बानियाँबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

  • २८ जेष्ठ २०७८, शुक्रबार प्रकाशित

  • Nabintech