१४ बैशाख २०८१, शुक्रबार

कोहलपुरमा नगर स्तरीय स्काउटको कार्यालय स्थापना
  • न्युज मानसराेवर

कोहलपुर । नेपाल स्काउटको नगरपालिका स्तरीय कार्यालय स्थापना गरिएको छ ।नगर शिक्षा कार्यालय भवन माथी  नगर  स्काउटको कार्यालय  स्थापना गरिएको हो। हेम कुमार रावतको संयोजत्वमा १५ सदस्य नगर समिति  गठन गरिएको थियो ।

समितिमा कोहलपुर क्षेत्रका निजी तथा सरकारी क्षेत्रका शिक्षक, समाजसेविहरुको सहभागिता छ । राष्ट्रिय स्काउट कार्य समित द्धारा नगर समिति गठन  गरिएको हो ।

समितिको पहिलो  बैठकले कोहलपुर नगरपालिकाका प्रमुख उप प्रमुख, शिक्षा शाखा प्रमुख अन्य जनप्रतिनिधि तथा कर्मचारीसँग परिचायात्मक कार्यक्रम गर्ने निर्णय गरेको छ ‘भने आगामी दिन स्काउटको अगुवाईमा सामाजिक तथा शैक्षिक कार्यक्रम गर्ने निर्णय गरिएको संयोजक रावतले जानकारी दिए । समितिको  सदस्य सचिव नगर शिक्षा शाखा प्रमुख रहन व्यवस्था छ ।

  • १ असार २०७८, मंगलवार प्रकाशित

  • Nabintech