१३ बैशाख २०८१, बिहीबार

बैजनाथ पशु सेवा कार्यालयले गर्यो घाँस वितरण
  • न्युज मानसराेवर

बैजनाथ बाँके । बैजनाथ गाउँपालिका पशु सेवा कार्यालयले व्यवसायिक फार्म तथा  कृषक लाई  घाँसको विउ तथा र्बेना वितरण गरेको छ ।
कार्यालयले वडा न १ देखी ८ वडाका १ सय ५० कृषि व्यवसायिक फार्म तथा स्थानीय कृषकहरुलाई घाँसको विउ तथा र्बेना वितरण गरेको हो ।

वितरण गरिएका घाँसहरु सुपर नेपियर, सिडलेस किम्बु,भटमासे,बदामे मेन्डुला,र ईन्दु जातका बहुवर्षीय कोषे र अकोषे घाँसको बिऊ तथा बेर्ना समावेस गरिएको छ ।

बैजनाथ गाउँपालिका  आर्थिक विकास समिति संयोजक लक्ष्मी थारु  तथा पशु सेवा कार्यालयका प्रमुख खड्ग बहादुर सिह लगाएतले घाँस वितरण गरेका हुन् ।

  • ३ असार २०७८, बिहीबार प्रकाशित

  • Nabintech