१५ चैत्र २०८०, बिहीबार

बन्चरो प्रहार गरी श्रीमतीको हत्या
  • न्युज मानसराेवर

दाङ। घोराहीमा बञ्चरो प्रहार गरी श्रीमानले श्रीमतीको हत्या गरेका छन्।घोराही उपमहानगरपालिका–३ बेलुवाका ५७ वर्षीय मुकुन्दलाल चौधरीले बञ्चरो प्रहार गरी ४६ वर्षीया स्यानाकुमारी चौधरीको हत्या गरेको जिल्ला प्रहरी प्रवक्ता डीएसपी मुकुन्दप्रसाद रिजालले जानकारी दिए।घरायसी विवादमा बुधबार बेलुका पौने ६ बजेतिर मुकुन्दलालले टाउकामा बञ्चरो प्रहार गरी घाइते भएकी उनको मेडिकल कलेज कोहलपुरमा उपचारका क्रममा मृत्यु भएको हो।मुकुन्दलाललाई प्रहरीले नियन्त्रणमा लिएको छ।

  • ४ असार २०७८, शुक्रबार प्रकाशित

  • Nabintech