१६ चैत्र २०८०, शुक्रबार

बाँकेमा निषेधाज्ञा उल्लंघन गर्ने १३६ जना प्रहरीको नियन्त्रणमा
  • न्युज मानसराेवर

बाँके। बाँकेमा जारी निषेधाज्ञा उल्लंघन गरेको भन्दै प्रहरीले नेपालगन्जका विभिन्न ठाउँबाट १३६ जनालाई नियन्त्रणमा लिएको छ।

वडा प्रहरी कार्यालयले निषेधाज्ञा पालना नगरेको भन्दै उनीहरुलाई पक्राउ गरेको वडा प्रहरी कार्यालयका इन्चार्ज डिल्ली खड्काले बताए । देशभर कोरोनाको नयाँ भेरिएन्टसहितको संक्रमण तीव्र रुपमा फैलिएको र रोकथाम तथा नियन्त्रण गर्न जिल्ला प्रशासन कार्यालय बाँकेले जारी गरेको छ ।

निषेधाज्ञा अवज्ञा गर्ने १२० पुरुष, १६ महिला गरी १ सय ३६ जनालाई कारबाही गरिएको प्रहरीले जनाएको छ । त्यसैगरी १० वटा मोटरसाइकल, ३ वटा चार पाङ्ग्रे, ८ वडा ई–रिक्सासहित चालकलाई सम्झाइबुझाई छाडिएको छ ।

जिल्ला प्रहरी कार्यालय बाँकेका डिएसपी सुबास खड्काले मास्क नलगाई हिँड्ने व्यक्तिहरुलाई कारबाही गरी ४ हजार ५ सय रुपैयाँ जरिवाना गरिएको पनि बताए ।

जिल्लामा निषेधाज्ञालाई खुकुलो बनाइँदै सोमबारदेखि थप एक साता निरन्तरता दिइएको थियो । प्रशासनले यस पटक दैनिक उपभोग्यलगायतका पसल व्यवसायहरु बिहान ७ देखि दिउँसो २ बजेसम्म खोल्न पाइने जनाएको छ । इकान्तिपुर

  • ४ असार २०७८, शुक्रबार प्रकाशित

  • Nabintech