१५ चैत्र २०८०, बिहीबार

बैजनाथले ल्यायो ६५ करोड ४३ लाखको बजेट
  • न्युज मानसराेवर

बाँके बैजनाथ ।  बैजनाथ गाउँपालिकाले आगामी आर्थिक बर्ष २०७८र७९ का लागि ६५करोड ४३ लाख ९० हजार ९ सय २ र पैसाको अनुमानित बजेट गाउँ सभामा ल्याएको छ ।

उपाध्यक्ष शारदा रेग्मी विकले आगामी आर्थिक वर्षका लागि बजेट सार्वजनिक गरेकी हुन् ।

गाउँपालिकाको आर्थिक वर्ष २०७८।७९का लागि   आय  तर्फ गाउँपालिकाले संघिय समानीकरण रकम रु १६ करौड ६१ लाख, प्रदेश सरकार समानिकरण रु ७९ लाख १२ हजार, संघिय सरकार सर्शत चालु रकम रु २६ करोड ७ लाख , संघिय सरकार सर्शत पुजीँगत रकम रु २ करोड ५१ लाख, प्रदेश सरकार सर्शत रकम रु ८५ लाख ४४ हजार, संघिय सरकार विशेष अनुदान रकम रु ८४ लाख, प्रदेश सरकार विशेष अनुदान रकम रु ६० लाख,संघिय सरकार समपूरक अनुदान रकम रु ५२ लाख ,प्रदेश सरकार समपूरक अनुदान रकम रु १ करोड ५० लाख, संघिय सरकार रकम रु १० करोड ५८ लाख ८५ हजार ,प्रदेश सरकार राजश्व रकम रु १ करोड ५ लाख ४९ हजार ९ सय २ रुपैया ३१ पैशा र आन्तरिक आय रु ३ करोड ५० लाख गरी कूल गाउँपालिकाको ६५ करोड ४३ लाख ९० हजार ९ सय २ रुपैया ३१ पैशा अनुमानित बजेट प्रस्तुत गरिएको हो ।

बजेट सार्वजनिक गर्दै उपाध्यक्ष विकले चालु आर्थिक वर्ष ७७।७८ मा लिइएको अनुमानित आन्तरिक राजश्वमा ४१ प्रतिशतले बृद्धि भएको उल्लेख गरिन् । चालु आर्थिकमा कूल ३ करोड २५ लाख अनुमानित आन्तरिक राजश्वको लक्ष्य लिएको मा ४ करोड ५८ लाख ६३ हजार ३ सय ६ रुपैया ९५ पैशा राजश्व प्राप्त गरेको छ ।

गाउँपालिकाले पूर्वाधार विकास , समाजिक विकास , आर्थिक विकास , वन वातावरण तथा विपत व्यवस्थापन र संस्थागत क्षमता विकास तथा सुशासन का क्षेत्रमा मुख्य रुपमा रकम विनियोजन गरेको छ ।

गाउँपालिकाका ८ वटै वडाहरुलाई भैतिक पूर्वाधार विकास तर्फ ४ करोड ३९ लाख ३५ हजार ३ सय बजेट वियोजन गरिएको छ ।

प्रस्तुत बजेट माथी अषाढ १७ गते ११ बजे पछि  दफावार छलफल गरिने तालिका रहेको छ ।

  • १० असार २०७८, बिहीबार प्रकाशित

  • Nabintech