कोहलपुर । कोहलपुर नगरपालिका प्रमुख प्रशासकिय अधिकृत छविलाल नेपालीको विदाई गरिएको छ ।
नेपाली जाजरकोट जिल्ला समन्वयन समितिमा सरुवा भएका छन् । विदाई कार्यक्रममा कोहलपुर नगरपालिका मेयर लुट बहादुर (लल्बी) रावतले सरुवा भएका नेपालीले कोहलपुर नगरपालिकाको विकासमा सहकार्य र समन्यन स्मरणीय रहेको बताए ।
रावतले नेपालीको आगामी दिन थप उर्जा र सफल भविष्यको कामना गरेका थिए । प्रमुख प्रशासकिय अधिकृत छविलाल नेपालीलाई मायाको चिनो प्रदान गरिएको थियो ।विदाई कार्यक्रममा कोहलपुर नगर कार्यापालिका सदस्य कर्मचारी लगाएतको सहभागिता रहेको थियो । यसै गरी कोहलपुर नगरपालिकाको निमित्त प्रमुख प्रशासकिय अधिकृत शिक्षा शाखा प्रमुख अनन्तकुमार पौडेयाल तोकिएका छन् ।