१४ बैशाख २०८१, शुक्रबार

आर्थिक रुपान्तरणका लागि उद्यमशिलताआवश्यक उपाध्यक्षःविक
  • आर.के. छिनाल

बाँके बैजनाथ।  बैजनाथ गाउँपालिका द्वारा संचालित हेफर मोडेलको परियोजनाको अनुगमन गरिएको छ । पालिका स्तरमा गठन भएको परियोजना अनुगमन तथा समन्वय समितिले अनुगमन गरेको हो । बैजनाथ गाउँपालिका वडा नं १गाभरमा भ्यालि स्थित गठन भएका विहानी महिला समूह,हरीयाली महिला समूह र लाली गुराँस महिला समूहमा गाउँपालिका उपाध्यक्ष सहित को टोलीले गरेको हो ।

अनुगमनमा वडा नं १ का अध्यक्ष रुप बहादुर मल्ल,आर्थिक विकास समितिका संयोजक लक्ष्मि थारु लगाएत जन प्रति निधिहरुको समेत उपस्थिति रहेको थियो । हेफर मोडेलको कार्यक्रम दुर दराजमा छरिएर रहेका दिदी बहिनीहरुलाई कार्यकार्यक्रका माध्यम बाट सशक्तीकरण सगै उद्यमी बनाउने लक्ष्य लिएको उपाध्यक्ष शारदा विकले बताइन ।

विकासका निम्ति महिलाहरुको पनि उतिकै योगदान हुने भएकाले कुनै महिला दिदी बहिनीहरुले वा समूहमा आवद्ध हुने दिदी वहिनीहरुले भाडामा जमिन लिई व्यवसायिक खेती गर्न चाहेमा पालिका स्तरबाट आवश्यक सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरिन । छोटो समयमा पनि बेैजनाथ सामाजिक उद्यमी महिला सहकारी आवद्ध भएको सुन्न पाउँदा हामीले लिएको लक्ष्यको एक कदम अघि बढको महसुुुस भएको विकले भनिन । यसै गरी वडा अध्यक्ष रुप बहादुर मल्लले यहाँहरुको जीवन रुपान्तरण गर्नका लागि सानो प्रयास गरिएको बताए । उनले कार्यक्रमको उदेश्यलाई सफल पार्न सबै जनाको साथ र सहयोग आवश्यक रहेको बताए ।

समूहमा खोर निमार्ण, डाले तथा भई घाँसका विस्तार एवं तरकारी कोषकोे सहि उपयोग र सामाजिक पूजीँको निमार्ण भएकोमा भोलिका दिनमा अझै राम्रो हुनेमा आफू आशाावादी भएको मल्ल ले भने । आ।व ०७८।०७९ भित्र गाभर भ्यालि भित्र निमार्णाधिन बेैठक हल समेत निमार्ण सम्पन्न हुने जानकारी समेत गरिने मल्लले प्रतिवद्धता व्यक्त गरे । गाउँपालिका आर्थिक विकास संयोजक लक्ष्मी थारु संस्थाका निर्देशक रवि रोकाया स्थानीय समाजसेवि कृष्ण ढकालले लगाएतले मन्तब्य राखेका थिए ।

हरियाली महिला समूहका अध्यक्ष ललिता ढकालको सभाअध्यक्षमा लाली गुराँस महिला समूहकी अध्यक्ष कमला सेनले कार्यक्रम संचालन गरेकी थिइन । कार्यक्रम मा सबै समूहले आ आफ्नो प्रगति तथा आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । हाल साना किसान उद्यमी सुदृढिकरण परियोजना बैजनथा गाउापालिकाको वडा नं १ देखि वडा नं५ सम्मका २००० घरधुरीमा प्रत्यक्ष काम गरिरहेको छ।

वडा नं १ देखि वडा नं ४ सम्मका १७०० दिदी बहिनीहरुको उद्यमशिलताका माध्यमबाट जीवन रुपान्तरण गर्न बैजनाथ सामाजिक उद्यमी

महिला सहकारी स्थापान भई संचालनमा रहेको छ । हाल यस सहकारीमा १ हजार महिला दिदी बहिनीहरु आवद्धता भइसकेका छन् ।

  • १५ असार २०७८, मंगलवार प्रकाशित

  • Nabintech