१२ बैशाख २०८१, बुधबार

बाँकेमा आजदेखि सार्वजनिक सवारी साधन चले
  • न्युज मानसराेवर

बाँके ।  करिव दुई महिनापछि आजदेखि बाँकेमा सार्वजनिक यातायातका सवारीसाधन सञ्चालनमा आएका छन् । भाइरस संक्रमण घट्दै गएपनि जोखिम कायमै रहेकाले तत्कालकालागि मंगलवारदेखि ‘जोर–विजोर’ नम्वर प्रणालीबाट यातायातका साधानहरु चल्न दिने स्थानीय प्रशासनले निर्णय गरेको थियो ।

त्यहीअनुसार मंगलवारदेखि बाँकेमा विजोर नम्वरका सवारीसाधन चलेका छन् । दिनअनुसार, जोर विजोर नम्वरका सवारीसाधन चल्ने
छन् । जोर अंक परेको दिन जोर नम्वरका र विजोर अंक परेको दिन विजोर नम्वरका सवारीसाधन चल्ने बाँके प्रहरीले जनाएको छ । सवारीसाधनमा स्वास्थ्य मापदण्ड भने पूर्णरुपमा पालना गर्नु पर्ने बाँकेका सिडियो शिवराम गेलाले बताए ।

  • १५ असार २०७८, मंगलवार प्रकाशित

  • Nabintech