कोहलपुर। कोहलपुर नगरपालिकाले आर्थिक वर्ष २७८÷७९ का लागि कौशिखेति कार्यक्रम संचालन गर्ने भएको छ ।त्यसका लागि कोहलपुर नगरपालिकाले नीति तथा कार्यक्रम सर्वसहमत रुपमा पारित गरेको छ ।
नगरबासीहरुलाई आत्म निर्भर र अग्रानीक खेति तर्फ आकर्षण गर्ने उदेश्यले कौशि खेति कार्यक्रम संचालन गर्ने तयारी रहेको कोहलपुर नगरपालिकाका मेयर लुट बहादुर (एल्वी) रावतले जानकारी दिए ।
नगरका घरहरुमा रहेका छत ,कौशिलाई उपभोग गर्दै अग्रानीक तरकारी लगाउँन प्रेरित गर्नुको मुख्य उदेश्य महिला शसक्तिकरण र उहाँहरुलाई आत्म निर्भर बनाउनु हो रावतले भनेका छन् । कोहलपुर नगरपालिकाले आर्थिक वर्ष २७८/७९ का लागि “के पाइन्छ होइन के चाहिन्छ” नीति अवलम्बन गरेको छ ।
त्यसका लागि आवश्यक पर्ने तरकारी तथा अन्य उत्पादनका क्षेत्रमा नगरबासीहरुलाई कोहलपुर नगरपालिका बाट आवश्यक पर्ने मल गुणस्तरिय विउ किटनाशक औषधीहरु कृषि उपजको प्रशोधन भण्डारण र ढुवानी सहकारीलाई विउ पुँजीको व्यवस्थापन गरिने छ ।
यसै गरी कोहलपुर नगरपालिकाका आर्थिक विकास समिति संयोजक डिल बहादुर परियारले उत्पादनमा आधारित विशेष अनुदानको समेत व्यवस्थापन गरिएको बताएका छन् ।