३० असार २०८१, शनिबार

आठ लाख बढीको सामान प्रहरीद्वारा नियन्त्रणमा
  • न्युज मानसराेवर

बाँके।  बाँके प्रहरीले करिव ८ लाख बराबरको भन्सार छलेको अबैध समान बरामद गरेको छ । शनिबार दिउसो नेपालगञ्ज उपमहानगरपालिका वडा नं–७ बाट भन्सार छलेर नेपाल भित्र्याएको सामान राखेको अवस्थामा बाँके प्रहरीले सो सामान बरामद गरेको प्रहरी प्रमुख तथा प्रहरी उपरिक्षक श्याम कृष्ण अधिकारीले जानकारी दिए ।

नेपालगञ्ज–७ एमपिस्कुल नजिक अरबिन्द पछाईको घरमा कोठा भाडामा बस्दै आएका मोनु कवडियाले लुकाई राखेको अवस्थामा सो सामान बरामद गरिएको हो । बरामद भएको सो सामान आठ लाख बराबरको आँकलन गरिएको छ । प्रहरीले मोनुको खोजि गरिरहेको जनाएको छ ।

  • १९ असार २०७८, शनिबार प्रकाशित

  • Nabintech